काठमाडौं । सरकारले वैशाख मसान्तसम्म हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।
Advertisement
सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ ।
सरकारले निशेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो । तर हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो ।
सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।
