पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो ।
अस्पतालमा कोभिडको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपचार समाग्री आईसीयू, र भेन्टिलेटर सञ्चालन र व्यवस्थापन गर्न आवश्यक समग्री खरिदका लागि सहयोग गरेको बेदकोट नगरपालिका नगर प्रमुख चन्दले जानकारी दिनुभयो
आइतबार एक कार्यक्रमकाबीच बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले महाकाली अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई चेक हस्तान्तरण गर्नुभयो । उक्त रकम हस्तान्तरण गर्दै मेयर चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट उक्त सहयोग गरिएको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोेशीले यसरी नै पालिकाबाट भौतिक, आर्थिक एव नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको बताउनुभयो ।
भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरिदका लागि २०लाख दिने घोषणा गरेको छ ।
