• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

भारतमा यसरी मनाइयो १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस


  •   शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे (चण्डीगढ), बेलबहादुर रजाली (मध्य पश्चिम भारत), जनकराज पौड्याल (दक्षिण भारत) र खिमबहादुर विक (हैदरावाद) ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानमा १३२ औँ मे दिवस मनाएको छ । कोरोना संक्रमणको उच्च जोखिमका कारण भर्चुअल माध्यमबाट दिवस मनाइएको हो ।

    पश्चिमोत्तर क्षेत्रीय समिति तथा मध्य पश्चिमोत्तर क्षेत्रीय समिति
    यसै सन्दर्भमा मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समिति तथा मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीले अमेरिकाको शिकागो शहरमा मजदुहरुले रगतको भेल बगाई प्राणको आहुति दिएर प्राप्त गरेको हक अधिकारहरु आज क्रमशः खोसिँदै गएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मजदुर आन्दोलन तुलनात्मकरुपमा कमजोर परेको छ । मजदुर आन्दोलनका शहीदको रगतको प्रतिक रातो झण्डालाई हामीले सधैँ ऊँचा राख्नु पर्दछ ।’

    उहाँले मजदुरहरुको हक अधिकारको निम्ति मजदुर आन्दोलनलाई सशक्त बनाई लैजानु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘हाम्रो देश अझै पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको र पूँजीवादी व्यवस्थाको विकास नभइसकेको अवस्थामा किसान मजदुर लागयत शोषित पीडित वर्ग संगठित र सचेत हुनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनालले मजदुर आन्दोलनको इतिहासबारे प्रष्ट पार्दै श्रमिक वर्गले आफ्नो हक र अधिकार प्राप्तिको लागी आन्दोलन मात्रै एक मात्र विकल्प भएको पाठ शिकांगोको आन्दोलनले सिकाएको बताउनु भयो ।

    देशभित्रको राजनीतिक अवस्थाबारे बोल्दै उहाँले भन्नुभयो, ‘प्रतिगामी शक्तिहरू फेरि सलबलाई रहेका छन् । जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त पार्ने खेल हुँदै छ । स्वयम् सत्ताधारी वर्गको क्रियाकलापले प्रतिगामीलाई नै मदद पुगेको छ। ’

    फरक प्रशंगमा उहाँले संगठनको नीतिलाई नमान्ने र अनुशासनमा बस्न नसक्ने केही व्यक्तिहरुले संगठनमा भ्रम पार्ने प्रयास गरेको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न कार्यकर्तालाई स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा केन्द्रीय सदस्य मोहन गिरीले पनि मन्तव्य राख्नु भएको थियो । मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेलबहादुर रजालीको सञ्चालन, पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष विक्रम सिंह राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पश्चिमोत्तर क्षेत्रीय सह सचिव शिव केसीले गर्नु भएको थियो ।

    शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवालीले सहभागी सबैलाई धन्यबाद दिनु भएको थियो ।

    दक्षिण भारत
    यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा १३२ औँ अन्तर्राष्ट्रिय मई दिवस भर्चुअल माध्यमबाट मनाइएको छ ।

    कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधिसभा सांसद दुर्गा पौडेलले सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा पौडेलले मजदुर वर्ग भनेका नै संसारलाई बदल्न सक्ने दस्ता हुन् भन्दै सम्पूर्ण मजदुरहरु एकगठ भएर लडेमा संसार जित्न सकिन्छ भन्नुभयो ।

    त्यसैगरी वामपन्थी नेता आनन्द शर्माले असल नीति र सिद्धान्त बोकेको अनुशासित मजदुर संगठनले नै क्रान्तिको ज्वारफाटा ल्याउन सक्छ भन्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य मञ्जु परियार, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य मदन शर्मा, चोवनाथ शर्मा , भगवति कुवँर, मोहराज चालीसे, सल्लाहकार सदस्य केवी थापा, केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्माको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा दशरथ विक, नरेन्द्र कुमार नेपाली, काशीराम शर्मा, कोटिप्रशाद पोख्रेल, केशमान नेपाली, महिला विभाग क्षेत्रीय सचिव बिष्णु शर्मा, चेन्नै पश्चिम नगर समितिबाट बुद्विराम पौडेल, कोचिन नगर समितिबाट रिखेन्द्र विसि, वेङ्गलोर दक्षिणबाट नरेश कुमार विक, नेल्लोर नगर समितिबाट देवीराम केसी, त्रिभाण्डमबाट घनश्याम पौडेल, चेन्नै पूर्वबाट लक्षुमण चालीसे, पाण्डिबाट गोविन्द शर्मा, चेन्नै दक्षिण अध्यक्ष तथा युुगदर्शन सम्वाददाता लोकेन्द्र पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    क्षेत्रीय समिती सदस्य डिल्लीप्रसाद शर्माको अध्यक्षता र सचिव जनकराज पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमा दक्षिण भारत क्षेत्रीय समिती सदस्य गोकुल गायकले स्वागत गर्नुभएको थियो भने निलगिरीबाट विरे थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    सुदूरपश्चिमोत्तर क्षेत्रीय समिति
    यता, सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव ठाकुर खनालले मई दिवसलाई वर्गसंघर्षसँग नजोडेसम्म मजदुर आन्दोलन र मई दिवसले न्याय नपाउने बताउनुभयो ।

    कार्यक्रमलाई उपाध्यक्ष कपिल खनाल र हिरासिंह चन्द, केन्द्रीय सदस्य सोवाखर पन्थ, हिमाञ्चल राज्य समितिका नेत्र गुरुङ, केन्द्रीय सदस्य कृष्ण जिसी, त्रिभुवन भट्टराई, मूल प्रवाह महिला क्षत्रीय विभागकी सचिव जुना चालिसे, समता विभाग केन्द्रबाट बिनु नेपाली, संगरुर नगर समितिका वुद्धीराम आचार्य, हिसार नगरबाट नन्दबहादुर लम्तरी, चंडिगढ नगर समितिका तेजबहादुर रोका, जालन्धर नगरबाट दिल बहादुर गाहा लगाएत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको अध्यक्षता तथा क्षेत्रीय सदस्य कूलबहादुर बगालेको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष दिनेश खड्काले स्वागत गर्नुभएको थियो ।

    पश्चिम भारत क्षेत्रीय समिति र मध्य पश्चिम भारत क्षेत्रीय समिति
    यस्तै, पश्चिम भारत क्षेत्रिय समिति र मध्य पश्चिमभारत क्षेत्रिय समितिको आयोजनामा पनि छुट्टै भर्चुअल कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमलाई मूल प्रवाहका उपाध्यक्ष कपिल खनाल, महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य गोविन्दबहादुर थापा र भिमसिंह बिष्ट, नेपाली समाचारका संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार अनन्त राहाडी, रमकला काउछा, श्रीधर शर्मा, र परिषद सदस्य टंक कुँवर लगाएतले सम्बोधन गर्नुभएको थियो ।

    बेदबहादुर कार्कीको अध्यक्षता तथा खुमबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कृष्ण कुँवरले स्वागत गर्नुभएको थियो ।

    मध्य दक्षिण क्षेत्रीय समिति
    यसैगरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १३२ औं मई दिवस कार्यक्रम सम्पन्न भएको छ ।

    समितिका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता र सचिव खिमबहादुर विकको सञ्चालनमा भएको कार्यक्रमलाई कोषाध्यक्ष तिलक रानाले स्वागत गर्नु भएको थियो ।

    कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रिय एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, उपाध्यक्ष कपिल खनाल, महासचिव ठाकुर खनाल, सचिव प्रेम पौडेल, केन्द्रीय वैकल्पिक सदस्य तथा केन्द्रीय महिला संयोजक फूलबिना पौडेल, दक्षिण भारत क्षेत्रीय समिति सदस्य दशरथ विक र धरम पहरी, मध्य दक्षिण क्षेत्रीय समितिका सहसचिव भिमबहादुर थापा र सदस्य रतन सिंह कर्माको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय सहसचिव भिमबहादुर थापा, मध्य दक्षिण क्षेत्रिय सचिवालय सदस्य घनश्याम पौडेल, क्षेत्रिय सदस्य रतन सिंह कर्मा, उत्तर हैदराबाद नगर समितिका सचिव जीवनाथ आचार्य, बेंगलोर दक्षिण नगर समितिका रमेशराम बिक, मध्य हैदराबाद नगर समितिका गंगा कडायत, समझना दुलाल, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य दशरथ विक, धरम पहरी, मध्य दक्षिण महिला क्षेत्रीय महिला विभाग सचिव पुष्पा पौडेल, नागपुर नगर समितिका तेजबहादुर पुन, एल्लुरु नगर समितिका राजकुमार रायामझी, मध्य नगर महिला विभाग गुमा राना, जातीय समता समाज पूर्वनगर अध्यक्ष शंकर नेपाली, मूल प्रवाह पूर्व मध्य दक्षिण महिला क्षेत्रीय विभाग संयोजक मीना आचार्य लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    मेघालय
    यस्तै, मेघालय राज्यको लाडरुम्वाइमा मूल प्रवाहले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । लाडरुम्वाइ नगर समितिको आयोजनामा १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रत्यक्ष सहभागितामा सम्पन्न गरिएको छ ।

    लोकेन्द्र सुव्बाको अध्यक्षतामा तथा हरि केसीको संचालनमा सम्पन्न कार्यक्रममा तिर्था राइले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मूल प्रवाहका नेताहरु मोहन ठकुरी, धनसेर राई र सत्रुधनप्रसाद लगायतले सम्बोधन गर्नुभएको थियो ।

     

     

    शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.