काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ६३ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९ सय ६९ जनाको नमुना परीक्षण गर्दा ती सकंक्रमित भेटिएका हुन्।
Advertisement
काठमाडौं उपत्यकामा मात्रै २४ सय ९५ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा मात्रै १९ सय ३२ संक्रमित थपिएका हुन्। यस्तै भक्तपुरमा २०८ र ललितपुरमा ३५५ जना संक्रमित थपिएका छन्।
यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। १२ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन्।
यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ।