काठमाडौँ । सूचना तथा प्रसारण विभागले कोरोना सङ्क्रमणको कारण देखाउँदै प्रेसपास वितरण, नवीकरणलगायतका सेवा बन्द गरेको छ ।
Advertisement
२०७८ वैशाख १७ गते सूचना जारी गर्दै विभागले वैशाख १९ गतेदेखि सेवा बन्द भएको जानकारी दिएको हो ।
सूचना प्रसारण विभागमा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको र उनीहरूसँग निकट सम्पर्कमा रहेका अन्य कर्मचारीमा पनि कोभिडजन्य लक्ष्मण देखिएको बन्दै सेवा बन्द भएको जानकारी गराइएको छ ।
उक्त सूचनानुसार वैशाख १९ गतेदेखि प्रेसपास जारी तथा नवीकरण, अनलाइन सञ्चार माध्यम नयाँ दर्ता तथा नवीकरण र प्रसारणतर्फका सम्पूर्ण सेवा बन्द गरिएको बताएको छ ।
प्रसारण विभागले अनलाइन, भर्चुअल तथा विद्युतीय सेवा प्रवाह गरेर सेवा प्रवाह गर्नसमेत असमर्थ रहेको पनि जनाएको छ ।
