काठमाडौं । नेपाल पत्रकार महासंघ डडेलधुरा शाखा र सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रको भवन डिभिजन वन कार्यालयको नेतृत्वमा भत्काउने र क्षति पु¥याउने काम भएकोमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
डडेलधुरा शाखाका अनुसार विभिन्न निकाय र सरोकारवालासँग समन्वय र सहकार्य गरेर शाखाको नाममा भोगाधिकार रहेको जग्गामा रहेको तीन तले पक्की भवन वैशाख १६ गते प्रहरी बल प्रयोग गरी डोजर लगाएर भत्काउने र क्षति पु-याउने काम भएको छ ।
महासघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘कुनै पनि वहानामा शाखाको भोगाधिकार रहेको जग्गामा निर्माण भएको भवन भत्काउनु तथा क्षति पु¥याइएको यो घटना निन्दनीय हुनुका साथै कानुनविपरीतको कार्य हो ।’
महासंघले घटनाको छानबिन गरी भवनमा पु¥याइएको क्षतिको क्षतिपूर्तिसहित शाखाको भवन उपभोग गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।