दाङ । नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का पुराना पार्टी सदस्य टुकराज रिजालको निधन भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरका ६२ वर्षीय रिजालको कोरोना संक्रमणका कारण बुधबार निधन भएको हो ।
नेकपा (मसाल) दाङले रिजालको निधनमा गहिरो शोक प्रकट गरेको छ । बुधबार विज्ञप्ति प्रकाशित गरी मसालका जिल्ला प्रवक्ता भरत भण्डारीले उहाँको निधनबाट ‘दुःखी र मर्माहत’ बनाएको बताउनुभएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट राजनीति सुरु गरेका रिजालमा रक्तिम सांस्कृतिक अभियान र राष्ट्रिय जनमोर्चाका विभिन्न समितिमा रहेर पार्टी काममा सक्रिय रहनुभएको थियो ।
यस्तो छ शोक वक्तव्य नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का पार्टी सदस्य तथा सेल समितिका सदस्य का. टुकराज रिजाल (पहाड) को आज मिति २०७८ वैशाख १५ गते दिनको १ बजे कोभिड १९ का कारण तुलसीपुर उपमहानगरपालिका वार्ड नं. ७ गणेशपुर आफ्नै निवासमा भएको निधनले हामीलाई अत्यन्तै दुःखी र मर्माहत बनाएको छ । उहाँ विगत लामो समय देखि पार्टीका विभिन्न मोर्चाहरुमा सक्रियतापूर्वक काम गर्दे आउनु भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट राजनीति रुपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका का. टुकराज रिजाल स्वदेश फर्किएपछि रक्तिम सांस्कृतिक अभियान र राष्ट्रिय जनमोर्चाका विभिन्न समितिहरुमा बसेर काम गर्दै आउनु भएको थियो । पार्टीको नीति, सिद्धान्तप्रति प्रतिबद्ध, दृढ र अनुसासित व्यत्तित्व का. टुकराज रिजालको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको छ । हामी का. टुकराज रिजाल (पहाड) प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।
प्रवक्ता
भरत भण्डारी
नेकपा (मसाल)
जिल्ला समिति दाङ
