• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

दुई सातामा सात गुना बढी थपिए कोरोना संक्रमित


  •   मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
  • विक्रम गिरी, काठमाडौं ।
    दुई सातामा कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको थियो । उक्त संख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।

    Advertisement

    दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त संख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टिनमा रहेका छन् ।

    हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ संक्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेकामा हाल उक्त संख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकामा पनि संक्रमित सात गुनाले वृद्धि
    दुई सातामा काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । दुई साताअघि संक्रमिको संख्या काठमाडौं उपत्यकामा २५४ रहेको थियो । पछिल्लो २४ घण्टामा उपत्यकामा संक्रमितको संख्या बढेर एक हजार ९६६ पुगेको छ । दुई साताअघि संक्रमितको संख्या काठमाडौंमा १७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० रहेको थियो । हाल काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० तथा भक्तपुरमा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    दुई सातामा १३३ जनाले कोरोनाबाट ज्यान गुमाए
    नेपालमा कोरोना भाइरसको संक्रमणबाट दुई साताअघि तीन संक्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । वैशाख १ गते कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भएको थियो भने आज उक्त सङ्ख्या बढेर तीन हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । दुई सातामा कोरोनाबाट १३३ जनाले ज्यान गुमाएका छन् ।

    बिदामा बसेकालाई काममा फर्किन निर्देशन
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदामा बसेका आफ्ना कर्मचारीलाई तुरुन्त काममा फर्कन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार संक्रमण ह्वात्तै बढेका कारण उनीहरुलाई काममा फर्किन निर्देशन दिइएको हो ।

    मन्त्रालयले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनसमेत निर्देशन दिएको छ । मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै कोरोना संक्रमणको दोस्रो लहर शुरु भएका कारण कर्मचारीलाई लामो बिदा दिन नसकिने जनाएको छ । मन्त्रालयले जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दीअनुसार रिक्त भएको पदमा तत्काल जनशक्ति व्यवस्थापन गर्न तथा थप जनशक्ति आवश्यक भएमा पाँच महिनाका लागि करार सेवामा लिनसमेत अस्पताललाई निर्देशन दिएको छ ।

    मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.