खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर केसीको स्मृतिमा भारतका विभिन्न स्थानमा शोक सभाहरुको आयोजना गरि सम्मान सहित श्रद्धांजलि गर्ने क्रम जारी रहेको छ ।
Advertisement
मूल प्रवाहको केन्द्रीय समितिले घोषणा गरेको शोकसप्ताह अन्तर्गत २५ अप्रेलको मेघालय राज्यको लाडरुम्वाइमा मूल प्रवाह लाडरुम्वाइ नगर समितीको आयोजनामा शोकसभा सम्पन्न गरिएको छ।
लोकेन्द्र सुव्बाको अध्यक्षतामा तथा श्यामराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा मोहन ठकुरीले स्वागत स्वागत गर्नु भएको सो सभामा क्षेत्रीय सदस्य हरि केसीले स्व. रुक बहादुर केसीको जीवनी बारे संक्षिप्त प्रकास पार्नुभएको केन्द्रीय उपाध्यक्ष कपिल खनालले जानकारी दिनुभयो।

