काठमाडौं । विहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहानबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन् ।
सोमबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उपत्यकामा थप कडाइ गर्ने आदेश जारी भएको हो । आदेश वैसाख २२ गते राति १२ बजेसम्म लागु हुने जनाइएको छ ।
प्रशासनको आदेशअनुसार सम्पूर्ण सभा सम्मेलन रोकिएको छ । सार्वजनिक एवं निजी सवारी साधान सञ्चालनमा रोक लगाइएको छ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधान, बिरामी तथा कुरुवा बढीमा दुईजना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गरेका सवारी साधानबाहेक अन्य सवारी साधन काठमाडौंमा प्रवेश गर्न रोक लगाइएको छ।
यस्तो छ आदेश
बिहीबारबाट एक हप्ता निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइँदैन ? (विज्ञप्तिसहित)

