जनकराज पौडेल, चेन्नै ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कोषाअध्यक्ष रुकबहादुर केसीको अप्रिल २०, २०२१ का दिन असामायिक निधन भएको थियो ।
सङ्गठनका एक कुशल कार्यकर्ता केसीको सम्मान र सम्झनामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा भर्जुअल माध्यमद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
जनकराज शर्माका अनुसार कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, उपाध्यक्ष कपिल खनाल, महासचिव ठाकुर खनाल, सचिव प्रेम पौडेल, सदस्यहरू मदन शर्मा, चोवनाथ शर्मा, भगवति कुवँर, केन्द्रीय सल्लाहकार कुलबहादुर थापा, केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्माको सहभागिता रहेको थियो। ज्ञानअज्ञात सहिदहरूसहित केसीको सम्मानमा एकमिनेट मौनधारणपछि कार्यक्रम अघि बढेको थियो ।
कार्यक्रममा शोकमन्तब्य राख्दै केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीले केसी एक इमान्दार र प्रष्ट वक्ता हुनुहुन्थ्यो भन्दै केसीको निधनले सङ्गठनलाई ठुलो क्षति पुगेको विचार व्यक्त गर्नुभएको छ ।
त्यस्तै, उपाध्यक्ष कपिल खनालले केसीमा सङ्गठनको काम गर्ने स्प्रिट अत्यन्तै ग्रहणयोग्य थियो । केसीको स्प्रिटलाई सबैले पछ्याउनु आवश्यक छ भन्नुभयो।
महासचिव ठाकुर खनालले रुकबहादुर केसीको असामयिक निधनले सङ्गठन र सिङ्गो श्रमजीवी वर्गलाई नै नोक्सान भएको भन्दै केसीमा सङ्गठनका निर्णय कार्यान्यवन गर्ने विषयमा जहिले पनि एकरूपता हुने गरेको, आफ्ना मतहरू प्रष्ट राख्न सक्ने तर निर्णयलाई शिरोधर गर्ने गुण रहेको अनुभव व्यक्त गर्नुभएको थियो ।
त्यस्तै अन्य केन्द्रीयस्तरका वक्ताहरूले पनि रुकबहादुर केसीप्रति शोकमन्तव्य प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जलीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना गर्नुभएको थियो।
कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिको तर्फदेखि डिल्लीप्रसाद शर्मा, काँशीराम डिएम, शेरबहादुर राना, खिमानन्द शर्मा, विरे थापा, धर्मराज शर्मा, धनकुमारी केसी, जुगराज राँहुमगर, पुष्षा पौडेल, नरबहादुर गुरुङ, गोकुल गायकले शोकमन्तव्य राख्नुभएको थियो।
त्यसैगरी कार्यक्रममा चेन्नै दक्षिण नगर समितिबाट लोकेन्द्र पौडेल, पश्चिम नगरबाट लक्ष्मण चालिसे, पदम पौडेल, नेत्रलाल शर्मा, चेन्नै पूर्व नगरबाट कोटिप्रसाद पोख्रेल, कोचिन नगरबाट, रिखेन्द्र बुढाथोकि, जनक विसी, कोट्टयाम नगरबाट मनोज जिसी, कोयम्बटुर नगरबाट गोपाल शर्मा, चन्द्रप्रसाद पौडेल, त्रिभेन्द्रपुरम नगरबाट घनश्याम पौडेल, बेङ्गलोर दक्षिण नगरबाट नरेशकुमार विक, रामेशराम विक, बेगलोर उत्तर नगरबाट धरम पहरीले शोक मन्तव्य राख्नुभएको थियो ।
एवम् प्रकारले महिला विभागको क्षेत्रबाट विष्णु शर्मा, बेङ्गलोर महिला विभागबाट पार्वतीदेवी विक, रक्तिम विभागबाट टीकाराम सुवेदी, समता विभागबाट खगेश्वर सुनारले पनि शोकमन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्षता ठाकुरप्रसाद केसीले गर्नुभएको थियो । सचिव जनकराज पौडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागी सम्पूर्णलाई दशरथ विकले शब्दद्वारा स्वागत गर्नु भएको थियो ।
सुरुदेखि अन्तसम्म धैर्यताका साथ रहने सहभागी सबैलाई केसीको निधनप्रति शोकमन्तव्यसहित देविराम केसीले धन्यवाद प्रकट गर्नुभएको थियो ।