सक्तमान बुढाथोकी, हङकङ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले मन्त्रीको व्यापार गरेको आरोप लगाउनुभएको छ । आफ्नो सत्ता बचाउन प्रधानमन्त्री ओलीले सांसद र मन्त्रीको व्यापार गरेको बताउनुभयो ।
उहाँले तत्कालिन नेकपाको सरकारलाई आफ्नो पार्टीले एजेन्डाको आधारमा समर्थन गरेपनि प्रधानमन्त्री ओलीले ती एजेण्डा छोडेर प्रतिगामी कदम चाल्न थालेपछि समर्थन फिर्ता लिएको स्पष्ट पार्नुभयो । उहाँले ओलीको प्रतिगामी कदमलाई काँध थाप्ने प्रदेश सरकारहरुलाई पनि समर्थन गर्न नसकिने जानकारी दिनुभयो ।
विगतमा भारतले नाकाबन्दी गर्दा प्रधानमन्त्री ओलीले स्पष्ट विरोध गरेको र अडान लिएको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले उनी भारतीय साम्राज्यवादको गाटी बनेको आरोप पनि लगाउनुभयो । गत पुस ५ गते प्रतिनिधि सभालाई असंवैधानिक ढंगले विघटन गरी ओलीले प्रतिगामी र विदेशी तत्वहरुलाई चलखेल गर्ने आधार बनाइदिएको केसीले बताउनुभयो ।
उहाँले जनताले नेकपालाई पाँच वर्ष सरकार चलाउन दुई तिहाइ मत दिए पनि सरकारले जनमताको अपमान गरेको बताउनुभयो । उहाँले देशभित्र जनता रोग, भोकले छटपटाइरहेको बेला सरकार कुर्ची बचाउने खेलमा लागेको आरोप पनि लगाउनुभयो । लाखौं लाख युवाहरु विदेशी भूमिमा रगत पसिना बगाइरहँदा युवाहरुलाई स्वदेश फर्काउने, रोजगारीको व्यवस्था गर्ने सरकारको कुनै एजेण्डा नभएको बताउनुभयो ।
विदेशस्थित नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदानको व्यवस्था मिलाउन पनि अध्यक्ष केसीले माग गर्नुभयो । राष्ट्रिय जनमोर्चाले विदेशमा रहेका नेपालीहरुलाई देशको आम निर्वाचनमा मतदानको व्यवस्था मिलाउन माग गर्दै आएको तर सरकार र निर्वाचन आयोगले त्यसको सुनुवाई नगरेको केसीको भनाई थियो ।
अध्यक्ष केसीले अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आयोजना गरेको ‘नेपालको समसामयिक राजनीतिक तथा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम’ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै हुनुहुन्थ्यो । कार्यक्रम समाजका अध्यक्ष दुर्गाबहादुर केसीको अध्यक्षता तथा कोषाध्यक्ष सक्तमान बुढाथोकीको सन्चालन र विष्णु केसीको स्वागतबाट अघि बढेको थियो ।
कार्यक्रममा राजमो नेता आनन्द शर्मा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न देशबाट निम्न अनुसार उपस्थिति रहेको थियो ।
१) तोयनाथ कंडेल, अध्यक्ष, युरोप नेपाली एकता समाज
२) दुर्गा शर्मा, अध्यक्ष, स्पेन नेपाली एकता समाज
३) अमर छन्त्याल, सदस्य युरोप नेपाली एकता समाज (आरल्याण्ड) प्रतिनिधि
४) राजेश छन्त्याल,सदस्य, युरोप नेपाली एकता समाज प्रतिनिधि पोर्तुगल
५) तेजेन्द्र क्षेत्री, महासचिव, जापान नेपाली एकता समाज
६) विष्णु थापा क्षेत्री,अध्यक्ष, कतार नेपाली एकता समाज
८) लुमाकान्त पुन, महासचिव, अन्तर्राष्ट्रिय नेपाली एकता समाज
९) कतारबाट महिला विभागकी जानुका बस्नेत
१०) गोबिन्द बिस्ट, अध्यक्ष, मलेसिया नेपाली एकता समाज
११) प्रेम कुमार विश्वकर्मा, कोषाध्यक्ष मलेसिया नेपाली एकता समाज
१२) अमिृता राना, उपाध्यक्ष, हङकङ नेपाली एकता समाज
१३) बिदुर शर्मा, अध्यक्ष, दक्षिण कोरिया नेपाली एकता समाज
१४) बिष्णु पुन, सल्लाहकार अन्तर्राष्ट्रि नेपाली एकता समाज
१५) खुम रायमाझी, महासचिव, कुवेत नेपाली एकता समाज
१६) कुवेत महिला विभागबाट मनु गहतराज
१७) देवेन थापा, अध्यक्ष, साइप्रस नेपाली एकता समाज
१८) दिनेश थापा, कार्यवाहक अध्यक्ष, युएर्इ नेपाली एकता समाज
१९) टिकाराम नेपाली, महासचिव, युएर्इ नेपाली एकता समाज
२०) केपि बिरही, सचिव, युएर्इ नेपाली एकता समाज
२१) लेखनाथ अधिकारी, सल्लाहकार, युएर्इ नेपाली एकता समाज
२२) चुडामणी शर्मा
२३) छबिलाल बस्नेत, अध्यक्ष, ओमन नेपाली एकता समाज
२४) धनबहादुर कार्की, अध्यक्ष, बहरेन, नेपाली एकता समाज
२५) राजकुमार धिताल, अध्यक्ष, साउदी अरब नेपाली एकता समाज
२६) धनवी पुन, मूल प्रवाह केन्द्रीय कार्यालय नयाँ दिल्ली।
यसैगरी कार्यक्रममा २७) प्रकाश थापा, २८) विणु केसी २९) मिना घिमिरे ३०) पार्वता थापा ३१) गोमा ढुंगाना ३२) दुर्गा अधिकारी ३३) निरु शर्मा ३४) अम्बिका घिमिरे ३५) मन्जु ढुंगाना ३६) शान्ता बेलवासे ३७) सिता थापा ३८) खिम माया तिवारीको आतिथ्यता रहेको थियो ।

