• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहका कोषाध्यक्ष केसीको स्मृतिमा भारतब्यापी शोकसभा


  •   आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे (चंडिगढ), ठाकुर खनाल (गुडगावंँ) र बेलबहादुर रजाली (मध्य पश्चिमोत्तर)।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर केसीको स्मृतिमा भारतका विभिन्न स्थानमा शोक सभा गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मूल प्रवाह केन्द्रीय समितिले घोषणा गरेको शोकसप्ताह अन्तर्गत भारतव्यापी विभिन्न नगर समितीको आयोजनामा शोकसभा गरी नेता केसीको स्मरण गरिएको हो । यसै क्रममा मूल प्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रको हिसार नगर समितीले एक कार्यक्रमको आयोजना गरि शोकसभा सम्पन्न गरेको छ ।

    Advertisement

    कार्यक्रममा क्षेत्रीय सदस्य आत्माराम न्यौपाने र महिला नगर संयोजक निरु सारुले केन्द्रीय नेता केसीको निधनले संगठनमा पुग्न गएको अपुरणीय क्षति र दुखद समयमा शोकलाई शक्तिमा बदल्न प्रण गरौं भन्दै शोकमन्तव्य दिनुभएको थियो ।

    नगर अध्यक्ष नन्दबहादुर लम्तरीको अध्यक्षता तथा नगर सचिव तारा सोमारेको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा २ मिनटको मौनधारण गरि स्व रुकबहादुर केसीलाइ श्रद्वाञ्जली दिइएको थियो।

    गुडगावंमा
    यता मूल प्रवाह पश्चिमोत्तर क्षेत्रको गुडगावं नगर समितिको आयोजनामा शोक सभाको आयोजना गरिएको छ । गोपाल भट्टाराईको अध्यक्षता तथा सुरज गतराजको सञ्चालनमा नेता केसीको शोक सभा मनाइएको हो ।

    एक मिनट मौनधारण पश्चात पछि शोक मन्तव्य दिने वक्ताहरुमा केन्द्रीय सदस्य राम बहादुर विक, महिला विभागकी सुमित्रा थापा, गिता विक, चुमा गौतम, समुन्दर गौतम, शिव थापा, दिल बहादुर विक, विनोद विक लगायत रहनु भएको थियो ।

    मध्य पश्चिमोत्तर क्षेत्र
    बेलबहादुर रजाली
    त्यसैगरी एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा नेता रुकबहादुर केसीको सम्झनामा श्रद्धान्जलि सभा सम्पन्न भएको छ ।

    कोरोनाका कारण जताततै कर्फ्यू लागेकाले भर्चुअल माध्यमबाट सम्पन्न सो श्रद्धान्जली सभा मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेलबहादुर रजालीको अध्यक्षता, सचिव नारायण ज्ञवालीको सञ्चालन तथा सह–सचिव ईश्वरी आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको थियो ।

    कार्यक्रममा रुक बहादुर केसीको सम्झनामा एक मिनेट मौन धारण पछि केन्द्रीय उपाध्यक्ष कपिल खनालले रुकबहादुर केसीले संगठनमा दिनु भएको योगदान बारे चर्चा गर्दै उहाँका अधुरा सपना पूरा गर्ने कोशिस गरे मात्रै उहाँप्रति सच्चा श्रद्धांजलि हुने बताउनु भयो । साथै यो दुखको घड़ीमा शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै यो शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनु भयो ।

    त्यसैगरी अन्य वक्ताहरुमा केन्द्रीय सदस्य मोहन गिरी, विद्यार्थी संघ केन्द्रीय सह–सचिव कृष्टी राई, रक्तिम केन्द्रीय विभागका सचिव रिम राना, महिला क्षेत्रीय विभागकी सदस्य चंद्रा बस्नेत, जयपुर उत्तरबाट नारायण पौडेल, जयपुर दक्षिणबाट ओम थापा, मूल प्रवाह भिवाडी नगर अध्यक्ष काजीराम श्रेष्ठ, रामप्रसाद घिमिरे (भिवाडी), किशोर राई (भिवाडी) ले शोक मन्तव्य राख्दै मान्छे जन्मदा मृत्युलाई पनि सँगै लिएर आए पनि यसरी अल्पायुमै हुने असामयिक निधनले परिवार र संगठनको लागि ठूलो पीड़ा हुने र त्यो पीड़ा बिर्सन लामो समय लाग्ने बताउनु भएको थियो ।

    आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.