काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सोमबारदेखि एक साताका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो ।
Advertisement
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा शान्ति सुरक्षासँग सम्बन्धित सेवा र मुद्दा बाहेक सबै सेवा बन्द गरिएको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारीको बैठकले अन्य कार्यालयलाई समेत आलोपालो वा स्थानीय तहअनुसार वैकल्पिक व्यवस्था गरेर भीडभाड नहुने व्यवस्था गरेर सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।
