• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

लेनिन जयन्ती र नेकपा स्थापना दिवस भर्चुअल माध्यमबाट मनाइयो


  •   शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
  • जनकराज पौडेल, दक्षिण भारत ।
    अन्तर्राष्ट्रिय एक्यबद्धताका लागि नेपाली जनताको मञ्च दक्षिण भारतको आयोजनामा लेनिनको १५२औं जन्मदिवस र नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवस सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पूर्व सदस्य तथा सांसद हरि आचार्यले लेनिन र लेनिनले प्रतिपादन गरेको लेनिनवादी सङ्गठनात्मक पद्धतिअन्तर्गत रहेर मात्र सर्वहारा वर्गको सत्ता कायम हुन सक्ने बताउनुभयो ।

    उहाँले कम्युनिस्टको नाममा विभिन्न नामधारी कम्युनिस्ट पार्टीनिर्माण भएका भए पनि नेपालको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) र नेतृत्वले अपनाएको नीति नै सही रहेको भन्दै क्रान्तिकारी पार्टीलाई ध्वस्त पार्न विभिन्न कोणबाट हुने प्रहारलाई निस्तेज गर्दै अघि बढ्नुपर्ने अहिलेको अपरिहार्य आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले सङ्गठनमा देखिने गलत प्रवृत्ति विरुद्ध दृढ सङ्घर्ष गर्दै अनुशासित सङ्गठनले मात्र श्रमजीवी जनताको हितमा काम गर्न सक्ने भएकाले त्यहीअनुरूप कार्यकर्ता प्रशिक्षित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

    उपाअध्यक्ष कपिल खनालले लेनिनको नेतृत्वमा एरियामा समाजवादी क्रान्ति सम्पन्न हुनुको कारण मजदुर–किसानहरूको साथ र अनुशासनले मात्र सम्भव भएको बताउनुभयो । सल्लाहकार तथा नेपाली समाचार पत्रिका सहसम्पादक धनवीर पुनले सङ्गठनभित्र देखिएको अराजकता र अनुशासनविहीनताप्रति सबै कार्यकर्ता सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सङ्गठन विरोधी गतिविधि क्रियाकलाप गर्ने तत्त्वहरूले एक वा अर्को प्रकारद्वारा कार्यकर्तालाई भ्रमित पार्ने दुस्साहस गरेको तर त्यस्ता भ्रमलाई सचेत कार्यकर्ताले प्रतिवाद गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै, सदस्य मदन शर्मा, चोवनाथ शर्मा, भगवति कूँवर, सल्लाहकार केबी थापा, परिषद् सदस्य चन्द्रकान्त शर्माले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी विरुद्ध वैचारिक सङ्घर्षप्रति जोड दिनुभएको थियो ।

    दक्षिण भारत क्षेत्रिय समिति सदस्य गोकुल गायक, काँशीराम शर्मा, वीरे थापाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता, सचिव जनकराज पौडेलको सञ्चालन तथा चोवनाथ शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका नगर समिति सदस्यहरुको सहभागिता रहेको थियो।

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.