काठमाडौं । नेपालमा गएको २४ घण्टामा दुई हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज नेपालभरमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौंमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । काठमाडौंपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।
आज थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।