काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव एक युवतीसहित होटलबाट रंगेहात पक्राउ परेका छन् । बुधबार धरानस्थित एक होटलमा यौनजन्य क्रियाकलाप गर्दागर्दै अध्यक्ष यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भोक्राहा नरसिंह गाँउपालिका ३ का ५४ वर्षीय यादवले धरान उपमहानगरपालिका १३ स्थित डुकु होटल एण्ड लजको कोठामा जवरजस्ती करणी गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीले डुकु होटलमा ती युवतीसँग यौनजन्य क्रियाकलाप गर्दागर्दै पक्राउ गरेको हो ।
अध्यक्ष यादवले काममा लगाई दिन्छु भन्दै भेडेटार जाने बाटो छेउको डुकु होटलमा लगेर खाजा नास्ता खाने भन्दै कोठामा पु¥याई जबरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।
अध्यक्ष यादवलाई जबरजस्ति करणी मुद्दा अन्तर्गत बिहीबार जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।