काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा २३ सय ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
८ हजार ८४४ पीसीआर परीक्षणका क्रममा २२ सय २० जनामा संक्रमण पुष्टि भएको छ भने ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी १०५१ जना संक्रमित थपिएका छन् । यस्तै, आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।
आज १८० जनाको आईसीयूमा उपचार भइरहेकोमा ४८ जना भेन्टिलेटरमा रहेका डा. गौतमले जानकारी दिनुभयो । यस्तै, आज कोरोना संक्रमणमुक्त भएर २८७ जना डिस्चार्ज भएका छन् ।