• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

सुन्य भयाे चाडपर्व, सुन्य गाउँबेसी- फर्क परदेशी….(भिडियाे)


  •   बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित
  • लक्ष्मी चौधरी, काठमाडौं ।

    Advertisement

    सयौँ दर्शकहरु माझ रक्तिम सांस्कृतिक अभियानका कलाकारहरु नाच्न तयार छन् । सर्वप्रथम भैलोका शब्द तथा अभिनय मार्फत कलाकारहरु आफ्नो उद्देश्य बताउँछन् । बाजाको तालमा भट्याउँदै र नाच्दै प्रगतिशील संस्कृतिको रक्षाका लागि आह्वान गर्छन् । देशको अवस्था बताउँछन्, अनि परिवर्तनका लागि एकजुट हुन आम जनसमुदायलाई आग्रह गर्छन । त्यसपछि सुरु हुन्छ, जोशिला गीत र नृत्यहरु ।

    राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा चार दिनदेखि काठमाडौंमा खेलिएको देउसी भैलो यस्तै सन्देशहरुसहित बुधबार सम्पन्न भएको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय ज्योतिनगर आसपास बेजोड प्रस्तुतीहरुसहित रक्तिमका कलाकारले यसपालिको तिहारको भैलो मैजारो गरेका छन् ।

    ‘तिहारै आउँदा रमाइलो हुन्छ, देउसी र भैलोमा, हजारी फूल सजाइराख्दा घर संघार दैलोमा’ भन्दै कलाकारहरुले अभिनय गर्दा वरपरका दर्शकलाई मनोरञ्जनसँगै आफ्ना सांस्कृतिक पर्वप्रति गर्व लाग्छ । यस्तै, ‘पैयुँ फूल्दा त्यो लेक लेक बेसीमा बुकी फूल्दैछ, सयपत्री फूल्यो तिहारको बेला भाइ मेरो कहाँ डुल्दैछ’ भन्ने गीत र नृत्यले आम जनसमूदायलाई आ–आफ्ना विदेशिएका आफन्तजनको सम्झना गाढा बनाइदिन्छ ।

    यस्तै, साना साना नानीहरुको अभिनयसहित सुरु हुन्छ, ‘नेपाली माटोले भन्छ तिमिलाई, विदेश पसि बिर्सियौ कि गाउँ घरलाई, सम्झदैछौ दाजुभाई ?’ बोलको गीत आउँदा परदेशिएका दाजुभाइहरुलाई घर फर्कन र यतै केही गर्न सन्देश दिएको हुन्छ ।

    रक्तिम सांस्कृतिक अभियानको भैलोमा सोरठी बाजासहित मुरली बाजा र अन्य गीत, संगीतमा कलाकारहरुले गरेको अभिनयले दर्शकलाई कहिले रुवाउँछ, कहिले हसाउँछ, देशको अवस्थाबारे सजग गराउँछ अनि परिवर्तनको महाअभियानमा लाग्ने प्रेरणा पनि दिन्छ। रक्तिमका कलाकारले दर्शकलाई आफ्ना कार्यक्रममा केवल दर्शक मात्रै बनाउँदैनन्, पञ्चे बाजाका तालमा सबै दुःख पिर भुलेर नाच्ने पनि बनाउँछन्।

    अझ भैलोका क्रममा पञ्चे बाजाका तालमा कलाकार र दर्शकसँगै राजमोका अध्यक्ष चित्रबहादुर केसी र महासचिव जनकराज शर्मासहित बरिष्ठ नेताहरुको नृत्यले आम मानिसहरुलाई थप उर्जा पैदा गरेको छ ।

    काठमाडौंमा राजमो केन्द्रीय कार्यालयको तर्फबाट शनिबारदेखि खेलिएको भैलो बुधबार समापन गरिएको हो।

    भैलोमा रक्तिमका कलाकारहरु विष्णु केसी, बिष्णु शर्मा, मधु क्षेत्री, माया पुन, एलिना शाही, समीक्षा श्रेष्ठ, राम राना, मिन राना, सीमा थापा, अंकिता चुँनाली, युजिन श्रेष्ठलगायतको बेजोड प्रस्तुती रहेको थियो।

    यस्तै, देशका विभिन्न जिल्ला र प्रवासमा समेत विभिन्न जनवर्गीय संगठनहरुले भैलो खेलेका छन्। प्रगतिशील देउसी भैलो मार्फत रक्तिमका कलाकारहरुले देश विदेशमा लाखौँ जनताका बीचमा फेरि पनि रक्तिमलाई प्रगतिशील सांस्कृतिक अभियानको नेता संगठनको रुपमा स्थापित मात्रै गरेका छैनन्, जनतामा जागरणको सञ्चार पनि भरेका छन् ।

    https://www.youtube.com/watch?v=8A258q7ABJU&feature=youtu.be&fbclid=IwAR2Y_kg3ncx2SYklbpaLb6JxCYZfdh90ErxXtFiLQhmuGks4buZ3Qg8lDGA
    बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.