• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सुन्य भयाे चाडपर्व, सुन्य गाउँबेसी- फर्क परदेशी….(भिडियाे)


  •   बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित
  • लक्ष्मी चौधरी, काठमाडौं ।

    Advertisement

    सयौँ दर्शकहरु माझ रक्तिम सांस्कृतिक अभियानका कलाकारहरु नाच्न तयार छन् । सर्वप्रथम भैलोका शब्द तथा अभिनय मार्फत कलाकारहरु आफ्नो उद्देश्य बताउँछन् । बाजाको तालमा भट्याउँदै र नाच्दै प्रगतिशील संस्कृतिको रक्षाका लागि आह्वान गर्छन् । देशको अवस्था बताउँछन्, अनि परिवर्तनका लागि एकजुट हुन आम जनसमुदायलाई आग्रह गर्छन । त्यसपछि सुरु हुन्छ, जोशिला गीत र नृत्यहरु ।

    राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा चार दिनदेखि काठमाडौंमा खेलिएको देउसी भैलो यस्तै सन्देशहरुसहित बुधबार सम्पन्न भएको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय ज्योतिनगर आसपास बेजोड प्रस्तुतीहरुसहित रक्तिमका कलाकारले यसपालिको तिहारको भैलो मैजारो गरेका छन् ।

    ‘तिहारै आउँदा रमाइलो हुन्छ, देउसी र भैलोमा, हजारी फूल सजाइराख्दा घर संघार दैलोमा’ भन्दै कलाकारहरुले अभिनय गर्दा वरपरका दर्शकलाई मनोरञ्जनसँगै आफ्ना सांस्कृतिक पर्वप्रति गर्व लाग्छ । यस्तै, ‘पैयुँ फूल्दा त्यो लेक लेक बेसीमा बुकी फूल्दैछ, सयपत्री फूल्यो तिहारको बेला भाइ मेरो कहाँ डुल्दैछ’ भन्ने गीत र नृत्यले आम जनसमूदायलाई आ–आफ्ना विदेशिएका आफन्तजनको सम्झना गाढा बनाइदिन्छ ।

    यस्तै, साना साना नानीहरुको अभिनयसहित सुरु हुन्छ, ‘नेपाली माटोले भन्छ तिमिलाई, विदेश पसि बिर्सियौ कि गाउँ घरलाई, सम्झदैछौ दाजुभाई ?’ बोलको गीत आउँदा परदेशिएका दाजुभाइहरुलाई घर फर्कन र यतै केही गर्न सन्देश दिएको हुन्छ ।

    रक्तिम सांस्कृतिक अभियानको भैलोमा सोरठी बाजासहित मुरली बाजा र अन्य गीत, संगीतमा कलाकारहरुले गरेको अभिनयले दर्शकलाई कहिले रुवाउँछ, कहिले हसाउँछ, देशको अवस्थाबारे सजग गराउँछ अनि परिवर्तनको महाअभियानमा लाग्ने प्रेरणा पनि दिन्छ। रक्तिमका कलाकारले दर्शकलाई आफ्ना कार्यक्रममा केवल दर्शक मात्रै बनाउँदैनन्, पञ्चे बाजाका तालमा सबै दुःख पिर भुलेर नाच्ने पनि बनाउँछन्।

    अझ भैलोका क्रममा पञ्चे बाजाका तालमा कलाकार र दर्शकसँगै राजमोका अध्यक्ष चित्रबहादुर केसी र महासचिव जनकराज शर्मासहित बरिष्ठ नेताहरुको नृत्यले आम मानिसहरुलाई थप उर्जा पैदा गरेको छ ।

    काठमाडौंमा राजमो केन्द्रीय कार्यालयको तर्फबाट शनिबारदेखि खेलिएको भैलो बुधबार समापन गरिएको हो।

    भैलोमा रक्तिमका कलाकारहरु विष्णु केसी, बिष्णु शर्मा, मधु क्षेत्री, माया पुन, एलिना शाही, समीक्षा श्रेष्ठ, राम राना, मिन राना, सीमा थापा, अंकिता चुँनाली, युजिन श्रेष्ठलगायतको बेजोड प्रस्तुती रहेको थियो।

    यस्तै, देशका विभिन्न जिल्ला र प्रवासमा समेत विभिन्न जनवर्गीय संगठनहरुले भैलो खेलेका छन्। प्रगतिशील देउसी भैलो मार्फत रक्तिमका कलाकारहरुले देश विदेशमा लाखौँ जनताका बीचमा फेरि पनि रक्तिमलाई प्रगतिशील सांस्कृतिक अभियानको नेता संगठनको रुपमा स्थापित मात्रै गरेका छैनन्, जनतामा जागरणको सञ्चार पनि भरेका छन् ।

    https://www.youtube.com/watch?v=8A258q7ABJU&feature=youtu.be&fbclid=IwAR2Y_kg3ncx2SYklbpaLb6JxCYZfdh90ErxXtFiLQhmuGks4buZ3Qg8lDGA
    बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.