• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बढ्दै कोरोना कहर : भेरी अस्पतालमा एकको मृत्यु, ४९ गम्भीर, दोलखामा सय बढी विद्यार्थी बिरामी


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने गरी विद्यार्थीहरु बिरामी पर्न थालेपछि कैयौं स्थानमा विद्यालय बन्द हुन थालेका छन् ।

    Advertisement

    यसै क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जनाको कोरोनाका कारण ज्यान गएको छ भने ४९ संक्रमितको अवस्था गम्भीर बन्दै गएको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ जना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर बनेको र उनीहरु मध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभएको छ ।

    मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–१३का ३१ वर्षीय पुरुष रहेका छन् । एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो।

    कोरोनाको लक्षणसहित १०२ जना विद्यार्थी बिरामी
    यता, दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुमा रहेको हिमालय माविका एक सय भन्दा धेरै विद्यार्थी र शिक्षकमा एकसाथ रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। कोरोनासँग मिल्दो लक्षणसहित रुघाखोकी र ज्वरोले शिक्षक विद्यार्थी बिरामी पर्न थालेपछि बिहीबारदेखि विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ।

    जुम्लामा अज्ञात रोगले बिरामी हुँदै विद्यार्थी
    अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् ।

    विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय अहिले बन्द गरिएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माविका प्रधानाध्यापक जनक रावतले बताउनुभयो । बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रसित अवस्थामा छ । समयमै रोगको पहिचान र निदान नभए गाउँ नै सङ्क्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले बताउनुभयो ।

    काठमाडौंमा संक्रमित देखिएका विद्यालय एक साता बन्द
    काठमाडौं महानगरभित्र कोरोना संक्रमित फेला परे विद्यालयहरु एक हप्ता बन्द हुने भएका छन् ।महानगरपालिकाले शुक्रबार सूचना प्रकाशित गरी शिक्षक, विद्यार्थी वा कर्मचारी मध्ये कसैलाई संक्रमण भएको भएमा कम्तीमा एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

    महानगरले संक्रमित फेला नपरेका विद्यालयहरु भने अभिभावकको सहमतिमा जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गरेर सञ्चालन गर्न आग्रह गरेको छ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.