नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१० एकतानगर निवासी नेपाल कम्युनिष्ट पार्टी (मसाल) का सदस्य गज कार्की (क. हिम्मत) को निधन भएको छ । ७७ वर्षीय कार्कीको सोमबार निधन भएको हो ।
Advertisement
लामो समयदेखि नेकपा (मसाल) मा आवद्ध कार्की जुम्लाको सिंजास्थित पाण्डवगुफा गाविसबाट केही वर्ष अघि बाँकेमा बसाईंसराइ गर्नुभएको थियो ।
नेकपा (मसाल) बाँकेले कार्कीको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । सेक्रेटरी कं विशालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।