दमौली । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आज दुईको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक÷एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
Advertisement
तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
ती पुरुषमा यही चैत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।
उहाँमा चैत २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।