अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभाका युवाहरु प्रेमबहादुर तंनामी, हिमकर्ण रायामाझी र मिनबहादुर रायमाझीद्वारा स्थापना गरिएको ‘सुनौलो बहुउद्धेश्यिय कृषि तथा पशुपंक्षी फर्मले आर्थिक वर्ष २०७७–२०७८ को’ आलु मिसन कार्यक्रम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
प्रेम बहादुर तंनामीको अध्यक्षता तथा हिमकर्ण रायामाझीको सञ्चालनमा भएको उक्त कार्यक्रममा प्रमुख अथिती भूमिकास्थान नगरपालिका वडा नंं ९ का सदस्य हुमाकान्त पौडेलको उपस्थित रहेको कार्यक्रममा गाउँका भद्रभलाद्मी,बुद्धिजिवीहरुको समेत व्यापक उपस्थित रहेको थियो ।
आलु मिसन कार्यक्रमको वार्षिक वजेट ८ लाख ६४ हजार २१ रुपैयाँ रहेको जानकारी फर्मका अध्यक्ष प्रेम बहादुर तंनामीले दिनु भयो ।
सो गाउँलाई भूमिकास्थानकै विकट मानिन्छ । जनप्रतिनिधीको नजर जान नसकेको हुँदा उक्त ठाउँबाट सदरमुकाम जोड्ने सडक समेत निर्माण भएको छैन । तर युवाहरुले संयुक्तरुपमा कृषि व्यवसाय शुरु गरेपछि गाउँलेहरुलाई पनि आधुनिक खेती गर्न प्रेरित गरिरहेका छन्।
