काठमाडौं । बुधबार भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील पत्रकार संघको विजय अभियान जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सदस्यमा प्रगतिशीलका उम्मेदवारहरु विजयी भएका छन् ।
Advertisement
युगदर्शन सम्बाददाता शंकरप्रसाद पोखरेलले दिनुभएको जानकारी अनुसार प्रगतिशीलका केन्द्रीय सचिव श्यामलाल पोखरेल लुम्बिनी प्रदेश परिषद सदस्यमा विजयी हुनुभएको छ ।
यता, महासंघ कर्णाली प्रदेश समितिको सदस्यमा प्रगतिशीलका नेता जीवन शाही सबैभन्दा बढी लोकप्रिय मतका साथ विजयी हुनुभएको छ । खसेको कूल ७२८ मतमा शाहीले ५५३ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनमा प्रगतिशील पत्रकार संघले विभिन्न जिल्लाहरुबाट जित दर्ता गर्नुका साथै हारेका स्थानमा समेत उत्साहजनक मत प्राप्त गरिरहेको छ ।