खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिद्वारा सञ्चालित बस्ती बाबाखेल एरिया समिति अन्तर्गत राज नगरमा टोल समिति गठन गरिएको छ । श्रमजीवी नेपालीहरुका बिचमा भएको भेलाले ११ सदस्यीय राजनगर ‘बी’ टोल समितिको गठन गरेको हो ।
भेलामा भारतस्थित नेपालीहरुको अवस्था तथा मूल प्रवाहको आवश्यकता लगाएत का समसामयिक विषयहरुमा व्यापक छलफल गरिएको मूल प्रवाहका केन्द्रीय सदस्य कूलबहादुर बगालेले जानकारी दिनुभएको छ ।
नगर सहसचिव तिलबहादुर थापा, एरिया अध्यक्ष यमबहादुर थापा, एरिया सदस्य हरीकला बगाले, निर्मला पाण्डे र राम बहादुर सिंजालीको संयुक्त पहलमा भएको भेलामा केन्द्रीय सदस्य बगालेको विशेष उपस्थिति रहेको थियो ।
नवगठित समितिको अध्यक्ष दिपक उचै, उपाध्यक्ष जानकी उचै, सचिव करण उचै, सहसचिव बिनोद परीयार र कोषाध्यक्ष गंगाबहादुर रहनुभएको छ । यस्तै, सदस्यहरु क्रमश दानबहादुर सिंजाली, धनी उचै, संगीता सिंजाली, कमला, लालबहादुर उचै र सेतु सुनार रहनुभएको छ ।