दिनेश रैदास, दाङ ।
राप्ती गाउँपालिका ८ पिपरी निबासी ४१ वर्षीय बोनमेरो पीडित सगुन गुरुङलाई तमु ह्युला छोझधि (गुरुङ राष्ट्रिय परिषद) ले आर्थिक सहयोग गरेको छ । ललितपुरको सिभिल अस्पतालमा उपचाररत सगनुलाई परिषदल ६१ हजार ३ सय ८१ रुपैयाँ नगद सहयोग गरेको हो ।
उनी विगत १० वर्ष देखि उक्त रोगबाट ग्रस्त भएको आमा सरिता गुरुङले बताउनुभयो । सगुनको उपचारमा सिभिल अस्पताल पुलचोक ललितपुरमा वरिष्ट चिकित्सक डा. विशेष पौडेलले गरिरहनु भएको छ ।
बोनमेरो पीडित सगुनकी आमा सरिता गुरुङलाई तमु ह्युला छोझधि (गुरुङ राष्ट्रिय परिषद ) लुम्विनी प्रदेशका अध्यक्ष खुम बहादुर गुरुङले उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
उक्त रकम हसतान्तरण तमु ह्युला छोझधि (गुरुङ राष्ट्रिय परिषद) दाङ जिल्ला महासचिव चन्द्र तमु, दाङ जिल्ला कोषाध्यक्ष तथा राप्ती गाउँपालिका वार्ड नं ८ पिपरि इकाई अध्यक्ष खिम बहादुर तमु लगायतको उपस्थिति रहेको थियो ।
जसमा पिपरी इकाईबाट उठेको रकम रु २८ हजार ३ सय ३५ रुपैयाँ र लालमटिया इकाईबाट उठेको रकम रु ३३ हजार ४६ रुपैयाँ गरी जम्मा नगद रु ६१ हजार ३ सय ८१ रुपैयाँ रहेको छ ।