काठमाडौं । कामको लागि अस्ट्रेलिया पठाइदिने बहानामा नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने २३ वर्षीय अमित भुजेल रहेका छन् ।
Advertisement
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने वर्ष २१ को एरिक न्यौपाने र २५ वर्षका दिनेश खड्काले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई बिहीबार माछापोखरीबाट पक्राउ गरेको हो ।
उनले ‘सर्ट टर्म ४५७’ भिसामा दुई÷दुई वर्षका लागि अस्ट्रेलियामा काम गर्न पठाइदिने र १०५ दिनमै प्रक्रिया पुरा हुने भन्दै पीडितहरुबाट नौ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका भुजेल उपर थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।