• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

शान्ति सम्झौताका नाममा द्वन्द्वकालका अपराधलाई छुट नदेउ’

"कुकुरबाट समेत महिलामाथि बलात्कार गराइनु अत्यन्त असभ्य र अमानवीय "

  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले द्वन्द्वकालमा घटाइएका जघन्य अपराधका घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ । द्वन्द्वरत पक्षहरुबाट घटाइएका अपराधजन्य घटनाहरुलाई राजनीतिक आडमा र शान्तिसम्झौताको बहानामा छुट दिन नहुनेमा मसालले जोड दिएको छ। सशस्त्र भिडन्तका क्रममा भएका घटनाबारे भने शान्ति सम्झौतापछि कारबाहीको आवश्यकता नपर्ने पनि मसालले स्पष्ट पारेको छ ।

    Advertisement

    मसालले द्वन्द्वकालिन मुद्दाहरुको सत्यतथ्य छानबिन गरी सुरक्षाकर्मी वा तत्कालिन माओवादी पक्ष जो सुकै भएपनि अपराधका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने आवश्यकतामा लगातार जोड दिँदै आएको छ । बिहीबार महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा समेत सो विषयलाई महत्वका साथ उठाइएको छ ।

    सशस्त्र द्वन्द्वकालमा बर्दियाकी एकजना माओवादी युवतीमाथि सेनाले कुकुरद्वारा समेत बलात्कार गर्न लगाएको घटना सार्वजनिक भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मसालले त्यो अत्यन्त असभ्य, बर्बर र अमानवीय कामको जति निन्दा गरे पनि कम हुने बताएको छ ।

    वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीले शुरुदेखि नै यो कुरामा जोड दिंदै आएको छ कि सशस्त्र द्वन्द्वकालमा सत्तापक्ष वा माओवादी पक्षद्वारा गरिएका सबै अपराधजन्य र अमानवीय कार्यहरूको छानबिन भएर दोषीलाई अपराधअनुसार सजाय हुनुपर्छ । द्वन्द्वकालमा ती दुवै पक्षहरूद्वारा सशस्त्र भिडन्तको क्रममा भएका हिंसात्मक घटनाहरूका लागि शान्ति सम्झौतापछि कुनै कारवाहीको आवश्यकता हुँदैन । तर, शान्ति सम्झौताका नाममा निर्दोष जनतामाथि हुने सबै अमानवीय वा अपराधजन्य कारवाहीहरू स्वतः क्षम्य हुँदैनन् र तिनीहरूबारे आवश्यक छानवीन गरेर वा मुद्दा चलाएर अपराधको प्रकृतिअनुसार दोषीमाथि कारवाही हुनुपर्दछ ।’

    त्यस प्रकारका अपराधजन्य कारवाहीहरूलाई कुनै पनि अवस्थामा राजनीतिक मान्न नसकिने र शान्ति सम्झौताका कारणले तिनीहरूलाई मिनाहा दिने कुनै पनि प्रयत्नलाई समर्थन गर्न नहुने पनि मसालको जोड छ ।

    यस्तै, मसालले बलात्कृत भएकी पीडित महिलालाई पनि सोही कारणले अपमानित भएर बस्नुपर्ने कुनै कारण नभएको भन्दै आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरेको छ । ति महिला बलात्कृत भएको थाह पाएर पनि विवाह गर्ने पुरुषप्रति पनि मसालले सम्मान प्रकट गरेको छ ।

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.