धर्मराज शर्मा, कोट्टयाम केरला ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गतका एरिया तथा टोलहरु बिच भर्चुअल माध्यमद्वारा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।
Advertisement
समाजका अगुवा कार्यकर्ताहरु पेशेवर कार्यकर्ता कुलबहादुर थापाको विशेष उपस्थितिमा सो भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा भारत प्रवासमा संगठनको आवश्यकता, कार्यकर्ताहरुको भुमिका र अनुशासनका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रम नगर अध्यक्ष धर्मराज शर्माको सञ्चालन र चोबनाथ शर्माको अध्यक्षताबाट अगाडि बडेको थियो ।