काठमाडौं । चीनबाट ल्याइएको अनुदानको ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई चिनियाँ राजदूत होउ यान्छीले सो खोप हस्तान्तरण गर्नुभएको छ ।
Advertisement
बेइजिङबाट खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सोमबार बिहान काठमाडौं आइपुगेको हो । चीन सरकारले कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई सहयोग दिएको हो। त्यहाँको सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने विज्ञले बताएका छन् । यो खोपका दुई मात्रा लगाउनुपर्छ ।
विभिन्न परीक्षणले चिनियाँ खोप भेरासेल भारतबाट ल्याइएको कोभिसिल्डभन्दा बढी प्रभावकारी देखाएको विज्ञको दाबी छ । तर भेरासेल कोभिसिल्डभन्दा महँगो छ ।
यसअिघ भारतले पनि नेपाललाई १० लाख डोज कोभिडसिल्ड खोप दिएको थियो ।