काठमाडौं । विगत केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन्।
Advertisement
डढेलोका कारण वायु प्रदूषण पनि बढेको छ र त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिइएको छ।
यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताउनुभएको छ ।
सातादिनमा एक पटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकोले जङ्गलनजिकै भएका बस्तीहरू थप सचेत बन्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्छ।
विभागको अनुगमन प्रणालीका अनुसार शुक्रवार ४७ जिल्लाका झन्डै ५०० स्थानमा डढेलो लागेको थियो। (बीबीसी)