साईप्रस । साईप्रस नेपाली एकता समाजले अवैतनिक वाणिज्य दूतावास निकोसियालाई ज्ञापन पत्र बुझाएको छ । सोमबार समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले साइप्रसस्थित नेपालीहरुको समस्याबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
उपाध्यक्ष चन्द्रबहादुर ओली र कविता पाख्रिन, सदस्य ईश्वरबहादुर घर्ती, छविका मगरसहितको टोलिले साईप्रसस्थित नेपालीको समस्याका बारेमा अवैतनिक वाणिज्य राजदूत डा. रामजीवन पन्जियारसँग छलफल भएको समाजकी उपाध्यक्ष कविता पाख्रिनले जानकारी दिनुभयो ।
अवैतनिक वाणिज्य दूतावासलाई साईप्रसस्थित सम्पूर्ण सरोकारवाला, नेपाली संघ संस्थाहरुको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गर्न समेत समाजले आग्रह छ।
भेटघाटको क्रममा यी विषयमा छलफल भएका थिए
१. कानुनी त हामीसँग हुनुपर्ने स्वतन्त्र अधिकार हुने दस्ताहरू स्वयम् आफूसँग छैनन् । एक वर्ष हुँदासम्म पनि भिसा,आफ्नो राहदानी पासपोर्ट कामदारसँग छैन ।
२. रोजगारदाताबाट खाना भनेजस्तो दिएका हुँदैनन्, सम्झौतापत्रमा सहमति गरिएको समयभन्दा धेरै काम गर्नुपर्ने, काम छोड्नुपर्ने परिस्थिति आएमा निजको राजीखुसी जान नमिल्ने नेपाल फिर्ता पठाइदिनेजस्ता धम्की दिएर रिलिज पेपरसम्म रोजगारदाताबाट नदिने, कैयौँ चेलीहरूको भिसा नै नलागेको त्यसकारण उनीहरू अत्यन्त दयनीय अवस्था रहेको त्यसको सहज र लिगल प्रावधान के ?
साइप्रसको धेरैजसो प्रान्तहरूमा पैसाको ठगी हुँदै छ । ती ठग र दलालहरू यी विभिन्न रूपमा भेटिने गरेका छन् : साथी बनेर, दिदीबहिनी, दाजुभाइ बनेर, विदेश पठाउँछु भनेर, काम मिलाइदिन्छु भनेर, कोठा मिलाइदिन्छु भनेर । यसैगरी अन्य धेरै प्रकारका प्रलोभन दिएर साइप्रसमा ठगी बढ्दै छन् । पीडितलाई न्याय, ठग, दलाल, चोरलाई साइप्रस कानुन प्रावधानअन्तर्गत दण्ड, कार्यवाही गरी नेपालीलाई सहयोग गर्न अनुरोध गरेको छ ।
३. वैदेशिक रोजगारीको लागि सम्बन्धित देश जाँदा गरिने श्रमस्वीकृतिको म्याद सकिएयता कति वर्ष वा महिनासम्म श्रमस्वीकृतिको अविध हुन्छ । नेपालबाट गरिएको श्रमस्वीकृतिको म्याद सकिए श्रम स्वीकृति कसरी पुनः थप गर्न सकिन्छ ? त्यसका लागि आवश्यक दस्तावेज के के हुन् ?
४. नेपालबाट साइप्रस आउँदा गरिएको श्रमस्वीकृति निजले आफ्नो राजीखुसीबाट काम परिवर्तन गरी अर्को कम्पनी, होटल, रेस्टुरेन्ट वा घरमा नोकरी खोज गरी काम सरुवा गरेमा त्यो नेपालबाट आउँदा गरिएको श्रमस्वीकृति मान्य हुन्छ कि हुँदैन ।हुँदैन भने त्यसको कानुन प्रक्रिया के हो ? यदि नोकरी परिवर्तन रोजगारदाताको कारणबाट गर्नुपरेको अवस्थामा त्यो मान्य हुन्छ वा हुँदैन ? त्यो भन्नाले श्रम स्वीकृति ।
५. नेपाल सरकारद्वारा मान्यताप्राप्त म्यानपावरमार्फत नै नेपाली नागरिकहरू वैदेशिक रोजगारमा आउने गरेका हुन्छन् । श्रम स्वीकृति पनि नेपालको कानुनबमोजिम नै सम्पूर्ण प्रक्रिया मिएर सम्बन्धित देशको एजेन्टलाई रिपोर्ट गर्ने गरी आएका हुन्छन् । नेपाल सरकारद्वारा मान्यताप्राप्त म्यानपावर र श्रमस्वीकृति गरी आएका ग्रामीण महिला दिदीबहिनी तथा दाजुभाइहरूलाई यहाँ पुगेर किन दुःखकष्ट हुँदा पनि सम्बन्धित सरोकारवाला जवाफदेही हुँदैनन् ?
नेपाल र यहाँका म्यानपावरबाट व्यवस्था गरिएको हुँदा उनीहरू अवैध वा गैरकानुनी रूपमा बस्न बाध्य भएका हुन्छन् । उनीहरू शरणार्थी, आश्रित हुन पुग्छन् भने र सोचेजस्तो कामको व्यवस्था हुँदैन। त्यसकारण उनीहरू डिप्रेसनको सिकार हुन पुग्छन् । यो शत्प्रतिशत तितो सत्य हो ।
काम हुँदैन, छोरीछोरीहरूको गास, बास, कपास, शिक्षा, स्वास्थ्यका लागि आवश्यक रकमले च्यापेको हुन्छ । महिला अत्यन्त संवेदनशील स्वभाव हुन्छ । सो कारण उनीहरूमा दिनप्रतिदिन खिन्नता, जाँगर, उत्साहमा गिरावट, निरासा, उदासी शक्तिहीनता महसुस गर्छन् र अन्त्यमा आत्महत्याजस्तो गलत निर्माण लिन बाध्य हुन्छन् । यस्ता विषयमा अवैतनिक वाणिज्य दूतावास निकोसिया, नेपाल दूतावास इजरायललगायत नेपाल सरकारले सम्बन्धित संस्थालाई कारबाही गर्ने ।
६. साइप्रसमा नेपाली दिदीबहिनीलाई अन्य तेस्रो मुलुक पठाउने भनी नेपालीबाटै हजारौँ युरो ठगी भइरहेको छ । यहाँबाट क्रोसियासम्म पुराउने, विभिन्न गल्ती देखाएर साइप्रस फर्काएका घटना छन् । विद्यार्थी दिदिबहिनी र दाजुभाइलाई कोठा खोजिदिने नाममा ठग्दै छन् । उनीहरू कोठामा बस्नुअघि डिपोजिटको नाममा तीनतीन सय युरोमा ठगिँदै छन् । उनीहरूसँग उक्त व्यक्तिलाई दिएको रकम पुष्टि हुन प्रमाणहरू छन् । यो पक्षमा उनीहरू पैसा फिर्ता दिलाउन सो ठगी गर्ने व्यक्तिलाई कानुनबमोजिम सजाय दिलाउन के कस्तो पहल गर्नुपर्ने ? महामहिमज्यूबाट कस्तो कदम चालिने ?
७. रोजगादाताबाट कामदारलाई भिसा लगाइएको भए पनि मासिक रूपमा सामाजिक बिमा नतिरेको भए नोकरी परिवर्तन गर्दा पेपर दिए पनि यदि सामाजिक बिमा तिरेको छैन भने पुनः वैधानिक रूपमा साइप्रसमा काम गर्न र बस्न समस्या हुँदो रहेछ । यसो नभएको हुँदा केही दिदिबहिनीले शरणार्थी भिसा अप्लाई गर्न बाध्य भएका हुन्छन् । यस्तो समस्या हुँदा हामी कामदारले कस्तो कानुनी प्रकृयाको माध्यम पुनः बैधानिक भए काम गर्न सकिन्छ ?
८. हामी कामदारहरू साइप्रसमा रहेर पनि पारिवारिक सल्लाहअनुसार जग्गा कारोबार नामसारी गर्न मिल्ने लागत शुल्क एक दर हुन्छ वा जग्गाको मूल्यअनुसार छुट्याइएको हुन्छ ?
