काठमाडौं । भारतको मध्य प्रदेशमा बस र अटोरिक्सा ठोक्किएर भएको दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् ।
Advertisement
मध्य प्रदेशको ग्वालियरमा मंगलबार बिहान सो दुर्घटना भएको हो ।
ग्लालियर प्रहरीका अनुसार मृतकमा १२ महिला र एक पुरुष छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारले मृतकका परिवारलाई जनही ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।