• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहका केन्द्रीय नेताहरुको प्रवासबाट विदाइ, महामन्त्री सिंहले गर्नुभयो सम्मान


  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्ना दुई जना केन्द्रीय नेताको प्रवासबाट विदाई गरेको छ । आइतबार केन्द्रीय सदस्यद्वय देविप्रसाद पौड्याल र लालचन्द पन्तलाई सम्मानसहित विदाई गरिएको हो ।

    Advertisement

    मूल प्रवाहको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा प्रमुख अतिथि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पौडयाल र पन्तलाई टिका र माला लगार्इ दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

    सम्मान समारोहलाई सम्वोधन गर्दै महामन्त्री सिंहले सबैखाले अवसरवादका विरुद्ब संघर्ष गर्दै संगठनको गरिमामय इतिहास निर्माणमा मूल प्रवाहका कार्यकर्ताले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । महामन्त्री सिंहले देशको जनतान्त्रिक आन्दोलनमा प्रवासी नेपालीहरुबाट थप सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    त्यस्तै विषेश अतिथिको आसनबाट बोल्दै पूर्वसभासद तथा राजमोका पूर्वमहासचिव हरि आचार्यले स्वदेशको जनतान्त्रिक आन्दोलनमा मूल प्रवाहले अति महत्वपूर्ण भूमिका निभाई रहेको उल्लेख गर्नुभयो । उहाँले स्वदेशको विभिन्न आन्दोलनहरुमासमेत मूल प्रवाहले प्रत्यक्ष सहयोग गरिरहेको बताउनुभयो ।

    शुभकामना दिने अन्य वक्ताहरु मूल प्रवाहका महासचिव ठाकुर खनाल, नेपाली समाचारका सहसम्पादक धनवीर पुन र केन्द्रीय महिला संयोजक फुलविना पौडयाल लगाएतले उहाँहरुले दिएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

    विदाइ समारोहमा सहभागी मूल प्रवाहका केन्द्रीय सल्लाहकार देवीप्रसाद पौड्याल हरियाणा राज्यको हिसारबाट १९८० देखि सांगठनिक यात्रालाई निरन्तरता दिनुभएको थियो । उहाँ हिसार नगरसमितिको संस्थापक सदस्यसमेत हुनुहुन्थ्यो ।

    बुवा स्व. डासुराम उपाध्याय तथा आमा इन्द्रकला उपाध्यायको कोखबाट जन्मनु भएका देविप्रसाद पौड्याल हिसारको चौधरी चरणसिंह हरियाणा कृषि विश्वविद्यालय हिसारबाट सेवानिवृत हुनुभएको हो ।

    अर्का केन्द्रीय सदस्य एव पश्चिमोत्तर क्षत्रीय अध्यक्ष लालचद पन्त १९८३ देखि हरियाणा राज्यको जिन्द नरवानाबाट मूल प्रवाहको सदस्य बनि सांगठनिक यात्रालाइ निरन्तर अगाडि बढाउनु भएको थियो । उहाँ भिवानी पव्लिक हेल्थ विभागबाट सेवानिवृत हुनुभएको हो ।

    उहाँ गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नम्वर ३ हर्दिनेटा धर्मपानी छापका स्थायी बासिन्दा हुनुहुन्छ । बुवा हरिहर पन्त र आमा धनिस्वरा पन्तको कोखबाट जन्मिएका पन्त केही वर्षपहिला रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वार्ड नम्वर १ नयाँमिल बसाइ गर्नुभएको छ ।

    यस्तै, मूल प्रवाह केन्द्रीय समितिले हैदराबादबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नुभएका सदस्य रामप्रसाद शर्मा र वैकल्पिक सदस्य चित्रबहादुर पुनलाई पनि अहिलेसम्म समितिमा दिएको योगदानको सम्मान गर्दै विदा गरेको छ।

    उपस्थित केन्द्रीय नेता कार्यकर्ताहरु समेत उहाँहरुलाई टीका लगाएर सम्मान गर्नुभएको थियो । सो कार्यक्रममा आफूहरुले सबै प्रकारका परिस्थितीहरुसँग संघर्ष गर्दै संगठनले दिएको जिम्वेवारीमा सधैँ निर्भिकतापूर्वक लागीरहने प्रतिवद्धता गर्नुभएको थियो।

    केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीको अध्यक्षता तथा सचिव प्रेम पौड्यालको संचालनमा सम्पन्न कार्यकममा अर्का सचिव जनकराज पौड्यालले स्वागत गर्नुभएको थियो ।

     

    आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.