काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) प्युठानका उपाध्यक्ष योगेश रानाप्रति महासंघले श्रद्धाञ्जली अर्पण गरेको छ ।
महासंघका कार्यबहाक अध्यक्ष लोकराज भुसालले एक विज्ञप्ति प्रकाशित गरी रानाको अकल्पनीय निधनबाट संगठन स्तब्ध बनेको बताउनुभएको छ ।
योगेशको चैत ६ गते ह्रदयाघातका कारण असामयिक निधन भएको थियो ।
विज्ञप्तिमा भनिएको छ,
अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) का लुम्बिनी प्रदेश कमिटिका सचिव प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका निवासी कमरेड योगेश रानाको ३९ वर्षको उमेरमा मिति २०७७–१२–६गतेका दिन ह्रदयाघातको कारणले अल्पआयुमै भएको असामयिक र अकल्पनीय निधनको खबरले हामीहरु स्तब्ध भएका छौंँ ।
उहाँको निधनबाट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) र प्युठानको लोकवामपन्थी आन्दोलनले एउटा जुझारु संघर्षशील इमान्दार श्रृजनशील एवम् सहयोगी सहयात्री युवा कमरेडलाई गुमाउनुपरेको छ ।
यस दुखद घडिमा कमरेड योगेशले श्रमिक मजदुर आन्दोलन र सबै प्रकारका शोषण दमन उत्पिडनका विरुद्धको संघर्षमा पुर्याउनु भएको योगदानको उच्च सम्मान एवम् कदर गर्दै उहाँप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्दछौं । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दै यस दुखद घडिमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रकृतिबाट प्राप्त होस् भन्ने कामना गर्दछौं ।





