• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

भारतीय छोरी, नेपालकी बुहारीको नेपाली भाषा मोह


  •   सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
  • विमला चौधरी, काठमाडौं ।
    भारतबाट बिहे गरेर नेपाल आएकाहरूले विभिन्न काम गर्न नेपाली भाषा सिक्न आवश्यक देखेको बताएका छन् । विवाह गरेर भारतका विभिन्न स्थानबाट नेपालमा आएका महिलाहरूले नेपाली भाषाको प्रशिक्षण लिन थालेका छन् ।

    Advertisement

    नेपाली भाषा नजान्दा पढेलेखेका महिलाहरू घरमै सीमित हुनुपरेको र आफ्ना छोराछोरीलाई गृहकार्य गराउन समेत समस्या हुने गरेको उनीहरूको अनुभव छ । महिलाहरूले नेपाली भाषा सिक्न चाहेको थाहा पाएपछि औतरदेयी प्रतिष्ठानले नेपालगञ्जको नारायण माविमा एक महिने नेपाली भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । जसमा एक पटकमा १८ देखि २२ जना महिला सहभागी हुने गरेका छन् ।

    बिहे गरेर भारतबाट नेपाल आएकी नेपालगञ्ज सदरलाइन बस्ने सपना कसौधनले भाषा प्रशिक्षण कक्षामा लेख्ने अभ्यास गरेपनि घरपरिवार र छिमेकीसँग बोल्ने अभ्यास भइरहेको बताउँछिन् ।

    ‘नेपाल आएको १२ वर्षपछि यहाँको भाषा सिक्न पाउँदा धेरै खुशी लागिरहेको छ’ उनी भन्छिन्, ‘अब माइत जाँदा आमाबुवा र भाइबहिनीसँग हिन्दीमा कुरा गर्दा प्रत्येक शब्दको नेपाली अर्थ सुनाउन मन छ, अनि बडो रमाइलो हुनेछ ।’

    नेपाली भाषा नजान्दा आफ्नो कस्मेटिक पसलमा आएका ग्राहकसँग बोल्न अप्ठेरो भइरहेको र अब भाषा सिक्नकै लागि पनि बढी बोल्न थालेको उनले सुनाइन् ।

    भाषा समस्या कहाँ कहाँ ?
    विद्यालयमा छोराछोरीको नाम लेखाउन, मासिक शुल्क बुझाउन, अस्पतालमा उपचार गर्न जाँदा र सरकारी कार्यालयमा कुनै काम विशेषले जाँदा भाषाकै समस्या हुने गरेको उनीहरू बताउँछन् । घरपरिवारले हिन्दीमै बोल्ने भएकाले पनि नेपाली भाषा सिक्न समस्या भएको कतिपय महिलाहरू बताउँछन् ।

    नेपालगञ्जकी सन्ध्या गुप्ता बिहे गरेर आएको २८ वर्षपछि नेपाली बोल्ने अभ्यास गरिरहेको बताउँछिन् । घरमा सधैँ हिन्दी बोलिने भएकाले आफ्ना छोरा छोरीले पनि सानैदेखि हिन्दी मात्र सिकेको उनले सुनाइन् ।

    ‘मीठो भाषा’
    दुई छोरा र दुई छोरीलाई नेपाली भाषा समस्याकै कारण भारतमै अध्ययन गर्न पठाएको र अध्ययनपश्चात् उनीहरूले भारतमै जागिर गर्न थालेको उनले बताइन् । आफूले नेपाली भाषा सिकेरै छोड्ने उनको अठोट छ ।

    छोरीहरूलाई नेपाली भाषा नआएकै कारण विवाह पनि भारतमै गरिदिने संकेत गर्दै उनले भनिन्, ‘भाषा सिक्न थालेपछि नेपाली भाषा असाध्यै मीठो लागेको छ, नेपाली सिक्छु अनि नेपाली छोरीलाई नै बुहारी बनाउने रहर छ ।’

    नेपालगञ्जको सदरलाइनकै अर्चना वैश्य भारतबाट विवाह गरेर नेपालगञ्ज आएको १४ वर्ष भइसक्यो, उनी पनि अहिले नेपाली भाषा सिक्दैछिन् ।संस्कृत विषयमा स्नातकोत्तर उनले बिहेअघि भारतमा शिक्षण पेशा गरेको तर नेपाल आएपछि भाषाकै कारण आफ्नो पढाइको महत्त्व हराएको बताइन् । नेपाली भाषा सिकेपछि शिक्षण पेशा अँगाल्ने उनको इच्छा छ।

    छोराछोरीलाई गृहकार्य गराउन समस्या
    उनको अनुभवमा भाषा समस्याले छोरा छोरीलाई अन्य विषयभन्दा नेपाली विषयको गृहकार्य गराउन समस्या हुने गरेको छ, ‘मलाई प्रष्ट नेपाली बोल्न आयो भने म कुनै विद्यालयमा पढाउन सक्षम भइहाल्छु ।’

    भारत उत्तरप्रदेश बलरामपुरबाट १४ वर्ष अघि विवाह गरेर नेपालगञ्ज आएकी ज्योत्सना गुप्ताले नेपाली भाषा सिक्न थालेपछि लेख्न समस्या नभएको तर बोल्न अप्ठेरो लाग्ने गरेको अनुभव सुनाइन् । घरमा बोल्ने अभ्यास नभएर सरासर बोल्दा थाहै नपाइ कतिपय हिन्दी शब्द आउने गरेको उनको भनाइ छ ।

    श्रीमान्, सासु, ससुरालगायत घरपरिवार सबैलाई नेपाली बोल्न आएपनि आफूसँग सधैँ हिन्दीमा बोल्ने गरेकोले नेपाली भाषा सिक्न नसकेको उनले बताइन् । आफूले भाषा सिक्न थालेपछि अहिले घरपरिवार सबैले नेपालीमै बोलाउन थालेको उनले सुनाइन् ।

    ज्योत्सना गुप्ता भन्छिन्, ‘अहिले घरका सबै सदस्यसँग नेपाली बोल्ने अभ्यास गरिरहेकी छु, नजानेको ठाउँमा ससुराले यसरी बोल्नुपर्छ भनेर सिकाउनुहुन्छ, मलाई लाग्छ घरमा सधैँ नेपाली बोल्न थालेपछि भाषा सिक्न अब धेरै समय लाग्दैन ।’

    उनी जस्तै अन्जली गुप्ता वैश्यले पनि भारतबाट विवाह गरेर आएको १५ वर्षपछि नेपाली भाषा सिक्ने अवसर मिलेको बताइन्

    कति गाह्रो नेपाली भाषा ?
    पहिले नेपाली बोल्न अप्ठेरो महसुस भए पनि अहिले बोल्दै जाँदा हिन्दी र नेपाली भाषामा खासै भिन्नता नरहेको उनको अनुभव छ ।
    ‘धेरै शब्द मिल्दो जुल्दो लाग्यो । छ, छैन, हुन्छ, हुनुपर्छ, आउँछ, जान्छ लगायतका शब्द र शब्दको पुछारमा लगाइने मात्रामा फरक पाएँ’ उनले भनिन्, ‘यस्तै शब्दहरूमा ध्यान दिनसके चाँडै सिक्न सकिन्छ ।’

    नेपाली भाषा पढाइ
    कोही बिहे गरेर नेपाल आएको २८ वर्षपछि त कोही १४ वर्षपछि समेत नेपाली भाषा सिक्दै छन् । भारतबाटै विवाह गरेर आएका कतिपय महिलाहरूभने केही बर्षमै आफैले नेपाली बोल्न सिकेको बताउँछन।

    भारतको गोरखपुरबाट २२ वर्षअघि विवाह गरेर आएकी नेपालगञ्ज फुल्टेक्रा निवासी सुनिता भारतीले सासु, ससुरा, श्रीमान् र जेठानीहरूले आफूसँग हिन्दीमै बोलेपनि आफूमा सुरुदेखि नै नेपाली सिक्ने रुचि रहेको बताइन् ।

    जेठानीका साना छोराछोरीसँग बोल्दा बोल्दै थाहै नपाइ एक डेढ वर्षमै नेपाली प्रष्ट बोल्न सिकेको उनको अनुभव छ । सबै किसिमका भाषामा रुचि राख्नेलाई नेपाली भाषा अप्ठेरो नरहेको सुनिता भारतीको भनाइ छ ।

    अहिले भाषा सिकिरहेकामध्ये केहीले स्नातकोत्तर गरेका छन् भने अधिकांशले स्नातक तहसम्म र एकजनाले एलएलबी सम्मको अध्ययन पूरा गरेका छन् ।

    वकालत गर्ने लक्ष्य
    नेपालगञ्ज सदरलाइन निवासी सरिता वैश्य विवाहअगाडि भारतमै एलएलबी पूरा गरेको तर बिहे गरेर नेपालमा आएपछि भाषाकै कारण पढाइको सदुपयोग गर्न नसकेको बताउँछिन् ।

    नेपालमा बिहे गरेर आएपछि जीवनको सबै लक्ष्य रोकिएको तर अब नेपाली भाषा सिकेर वकिल बन्ने आफ्नो इच्छा पूरा गर्न चाहेको सुनाउँदै उनले भनिन्, ‘नेपाल आएको १७ वर्षपछि अहिले भाषा सिक्दै छु ।’

    नेपाली बोल्न र लेख्न जानेपछि नेपालको कानुनबारे अध्ययन गरेर वकालत पेशा नै अपनाउने सरिताको लक्ष्य छ।

    ‘साढे ४ हजारलाई अंगीकृत नागरिकता’
    पढेलेखेको भएपनि नेपालीसँग बिहे गरेर आएका कैयौँ महिलाहरू भाषा नआएकै कारण गृहिणीको भूमिकामा सीमित रहेको बताउँछन् ।परम्परागत कारणले यतिका वर्षसम्म घरबाट ननिस्केको बताउने उनीहरू अहिले सामूहिक रूपमा नेपाली भाषा सिकिरहेका छन् ।

    मधेशी मुस्लिम समुदायका महिलाहरूलाई सामाजिक क्षेत्रमा क्रियाशील बनाउन भाषा सिकाउनु पर्ने महसुस भएको मधेशी महिलाहरूको अगुवाइ गरिरहेकी रमा रानी वैश्य बताउँछिन् ।

    उनले भनिन्, ‘सधैँ मधेशी समुदायका महिलाहरूको अगुवाइ गरेर बाहिर हिँड्छु तर मलाई पनि प्रष्ट नेपाली बोल्न आउँदैन । उनीहरूमध्ये सधैँ घुम्टोभित्र बस्ने र चुलो चौकामा सीमित महिलालाई त कसरी नेपाली भाषा आउला भन्ने लागेर सिकाउने प्रयास गरिरहेकी छु ।’

    महिलामा उत्साह
    भाषा प्रशिक्षणको एक महिना पुग्नै लाग्दा महिलाहरूले अब केही दिन नेपालको कानुन र महिला अधिकारका विषयमा सिक्ने रुचि देखाएको वैश्यले बताइन् । प्रशिक्षणको अन्त्यतिर केही अधिवक्ताहरूको सहयोगमा महिलासँग सम्बन्धित कानुनी अधिकारबारे जानकारी दिइने उनले जानकारी दिइन् ।

    नेपालगञ्जको शैक्षिक इतिहासमा महत्त्वपूर्ण योगदान दिएकी स्वर्गीय औतरदेयी चौधराइनले स्थापना गरेको नारायण माध्यामिक विद्यालयमा महिलाहरूले भाषा सिकिरहेका हुन् ।

    औतरदेयी प्रतिष्ठानले उनको सम्झनामा र उनको शैक्षिक अभियानमा साथ दिँदै महिलाहरूलाई भाषा सिकाइरहेको बताएको छ।

    चीनमा नेपाली भाषा मोह
    उनीहरूलाई भाषा सिकाइरहेका प्रशिक्षक अम्बिका कोइराला सिंह र राजनबहादुर रानाले महिलाहरू आफै उत्साहित भएकाले सिकाउन धेरै समस्या नभएको बताए । कक्षामा आउने महिलाहरू एक आपसमा नेपालीमै संवाद गर्ने गरेको प्रशिक्षकहरूको भनाइ छ ।

    पहिले १५ दिनको कक्षा सुरु गर्दा १८ जना सहभागी रहेको तर अहिले सङ्ख्या बढ्दै गएर महिलाहरूबाटै अवधि बढाउन माग भएपछि एक महिनासम्म भाषा सिकाइने व्यवस्था गरिएको प्रतिष्ठानका अध्यक्ष राधेश्याम वैश्यले जानकारी दिए । (बीबीसी)

    सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.