शंकरप्रसाद पोख्रेल, गुल्मी ।
गुल्मीको दरबार गाउँपालिका–१ रातामाटेका तुलबहादुर विश्वकर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
Advertisement
गत माघ ३ गते दिउँसो ओरेवा खोलामा घाँस काट्न गएका ४७ वर्षीय तुलबहादुरको गोली लागि मृत्यु भएको थियो । उनको हत्यामा संलग्न सोही गाउँपालिकाका ३१ वर्षीय पोमबहादुर घर्तीलाई ५७ दिनपछि गुल्मी प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले आज (आइतबार) पत्रकार सम्मेलन गरि अभियुक्त सार्वजनिक गरेको हो । अभियुक्त पोमबहादुरले भरुवा बन्दुक प्रयोग गरि हत्या गरेको स्वीकार गरेका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो ।
प्रहरीले हत्यामा प्रयोग भएको बन्दुक पनि सार्वजनिक गरेको छ । घटनास्थलको अर्खेउंदी गैरा भन्ने स्थानमा लुकाइ छिपाइ राखेको भरुवा बन्दुक अभियुक्तको सहयोगमा बरामद गरेको प्रहरीले जनाएको छ ।