काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । ८२ वर्षीय केसीले शुक्रबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल खोप केन्द्रमा पुगेर खोप लगाउनुभएको छ ।
Advertisement
अध्यक्ष केसी केही महिना अघि कोरोना संक्रमणबाट पीडित हुनुभएको थियो । निमोनिया र पेटको समस्याका कारण गम्भीर भएका केसीलाई गत कात्तिक २६ गते मेडिसीटी अस्पतालमा उपचारका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
हाल स्वास्थ्य अवस्था सामान्य रहेका केसी पार्टी काममा निरन्तर लागिरहनुभएको छ । कोरोना खोपका कारण कतिपय व्यक्तिहरुलाई ज्वरो आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने लगायतका लक्षण देखिने गर्दछ । तर, उहाँलाई अहिलेसम्म कुनै असहजता महसुस नभएको भतिजा तुफान केसीले जानकारी दिनुभयो ।
यो पनि..
अध्यक्ष केसीलाई कोरोना पोजिटिभ
‘बुबा र पार्टीको विरुद्ध भाइलाई उपयोग गरियो’