काठमाडौं । धादिङको बेनिघाटस्थित पृथ्वी राजमार्गबाट ट्रक त्रिशुलीमा खस्दा दुई जनाको ज्यान गएको छ । भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौंतर्फ आईरहेको लु१ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो ।
Advertisement
मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।
दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो ।
