काठमाडौं । आजबाट ६५ वर्ष माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी खोपको सुरुवात गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सो क्रममा आफै खोप लगाएर अभियानको आरम्भ गर्नुभएको थियो ।
यस्तै, गृहमन्त्री रामबहादुर थापाले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । आइतबार बिहान गृहमन्त्री थापाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोना खोप लगाउनुभएको हो ।
आइतबारबाट सुरु हुने प्रतिनिधि सभाको सातौँ अधिवेशनमा सहभागी हुनका लागि कोरोना खोप अनिवार्य गरिएको छ । यसअघि सांसदहरुले कोरोना खोप लगाइसकेका छन् ।
तीन लाख ४८ हजार डोज खोप आइपुग्यो
कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।