काठमाडौं । सेनिटाइजर सेवनका कारण विराटनगरमा दुई जनाको ज्यान गएको छ । सोमबार मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र झापाको शिवसताक्षी नगरपालिका–४ की ६५ वर्षीया अम्बिका गिरीको मृत्यु भएको हो ।
Advertisement
शनिबार सेनिटाइजर सेवन गरेका दुवै जनाको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार झापाकी गिरी पनि हाल विराटनगरमै बस्दै आएकी थिइन् ।
गिरीले रक्सी भनेर सेनिटाइजर खाएको र मण्डलले भने घरायसी झगडाका कारण जानिजानि सेनिटाइजर सेवन गरेको पाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।