• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

यी हुन् बाग्लुङ २ (ख) बाट राजमोका सम्भावित उम्मेद्वार


  •   आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
  • बाग्लुङ । राष्ट्रिय जनमोर्चा बाग्लुङले क्षेत्र नं २ (ख) मा आगामी मंसिर १४ गते हुने प्रदेश सभा उप निर्वाचनमा उम्मेद्वारीका लागि तीन जनाको नाम सिफरिस गरेको छ । राजमो बाग्लुङले सुनमाया घर्तीमगर, धर्म बहादुर कुँवर र खिम विक्रम शाहीको नाम पार्टी केन्द्रीय संसदीय बोर्डमा सिफारिस गरेको हो ।

    Advertisement

    जिल्लाबाट छनोट भएर आएका नाममध्ये पार्टी संसदीय बोर्डले एक जनालाई उम्मेदवार घोषणा गर्ने प्रावधान छ । जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले संसदीय बोर्डमा नाम सिफरिस गरेको सचिव भिमलाल पोखरेलले जानकारी दिनुभयो ।

    सो निर्वाचन क्षेत्रमा यसअघि राष्ट्रिय जनमोर्चाका नेता टेक बहादुर घर्तीमगर निर्वाचित हुनुभएको थियो । सांसद मगरको केही समय अघि बिरामी भइ निधन भएको थियो । निर्वाचन आयोगले बाग्लुङ २(ख)सहित एउटा संघीय संसद तथा प्रदेश र स्थानीय तहमा खाली भएका क्षेत्रमा आगामी मंसिर १४ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

    विभिन्न संसदीय तथा प्रदेश तहको निर्वाचनमा बाग्लुङबाट निर्वाचन जित्दै आएको राजमोले त्यहाँ बलियो पकड राख्छ। यसअघिको निर्वाचनमा संघीय संसदका २ सिटमा नेकपालाई सघाएको राजमोलाई प्रदेश सभामा नेकपाले पनि २ सिटमा सघाएको थियो ।अहिले पनि विगतको गठबन्धन कायमै हुनसक्ने र बाग्लुङ २ (ख) मा नेकपाले आफूहरुलाई सघाउने राजमोका नेताहरुको विश्वास छ ।

    यस्तै, राजमोले बुर्तिबाङमा भएको पूर्णिमा मेलाको विकृतिलाई उजागर गरी समाचार संप्रेषण गरेको भनी प्रगतिशिल प्रत्रकार संघका नेता तथा नेपाल प्रत्रकार महासंघ बागलुङ शाखाका सदस्य लोकेन्द्र निरासीमाथि गरिएको दुव्र्यवहारप्रति दुःख प्रकट गर्दै त्यस कार्यमा संलग्न ब्यक्तिहरु उपर सम्बन्धित निकायले छानविन गरी कानुनी कार्वाहीको माग गरेको छ ।

    यसैगरी उत्तरगंगा जलासययुक्त जलविद्युत योजना बागलुङको भुगोलमा नबनाउने चलखेल प्रति आपत्ति जनाउँदै उक्त योजना बागलुङकै भुगोलमा बन्नु पर्नेमा पनि जोड दिएको राजमो बाग्लुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    चाडवाडको समयमा पनि सुधार हुन नसकेको मध्यपहाडी लोकमार्गको निर्माण कार्यलाई तदारुकताका साथ सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानार्षण गरिएको छ ।

    यस्तै, गम्भीर बिरामी भइ शिक्षण अस्पताल काठमाडौंमा उपचाररत बागलुङको राङखानी स्थायी घर भएका जनगायक जीवन शर्माका छोरा अखिल नेपाल युवक संघका राष्ट्रिय परिषद सदस्य अमृत आचार्य जीवन रक्षाका लागि सहयोग गर्न पनि राजमोले सबैसँग आग्रह गरेको छ ।

    त्यसका लागि नेपाल बैंक लिमिटेड बागलुङ शाखामा रहेको राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको खाता नं. ०२२००१००४१०६६७०००००१ मा रकम जम्मा गरिदिन राजमो बाग्लुङले अपिल गरेको छ ।

    आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.