• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

असममा एनआरसी प्रकरणः मूलप्रवाहले बुझायो परराष्ट्रलाई ज्ञापन


  •   आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
  • काठमाडौं । भारतको असम राज्यमा एक लाख नेपालीभाषी ‘अनागरिक’ बनाइएको प्रति मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार मूलप्रवाहले परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र बुझाएर सरकारको ध्यानाकर्षण गराएको हो ।

    Advertisement

    मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीको नेतृत्वको प्रतिनिधिमण्डलले ज्ञापन पत्र बुझाउँदै असममा एक लाख भन्दा धेरै नेपाली भाषीहरुलाई भारत सरकारले राष्ट्रिय पञ्जिकरण ‘एनआरसी’ बाट बञ्चित गराएर सरणार्थी बनाउन खोजेको भन्दै नेपाल सरकारले कुटनीतिक पहल गर्न आग्रह गरेको हो ।

    प्रतिनिधिमण्डलमा अध्यक्ष केसीसहित मूलप्रवाहका उपाध्यक्ष कपिल खनाल, महासचिव खगेश्वर शर्मा तथा मूलप्रवाहका पूर्व महासचिव एवं अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गंगा पौडेल हुनुहुन्थ्यो ।

    यस्तो छ, ज्ञापन पत्र

    ‘हाम्रो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरूको सामाजिक सङ्गठन हो । यसले स्थापना कालदेखि नै भारतस्थित नेपालीहरूका हक, हित र सामाजिक उत्थानका लागि काम गर्दै आएको छ । यसैक्रममा भारतमा हालै देखा परेको राष्ट्रिय नागरिकता पञ्जीकण (एन.आर.सी.) को सम्बन्धमा सम्माननीय परराष्ट्र मन्त्रालय मार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

    भारतमा सन् १८१६ को सुगौली सन्धिअनुसार लाखौँ नेपालीभाषीहरू रहेका छन् । तिनै नेपालीभाषीहरूको एउटा अंश आसाममा पनि बस्दछ । १८१६ पछि दोस्रो विश्वयुद्धको सेरोफेरोमा ब्रिटिस फौजमा भर्ना भएका नेपालीभाषी पनि आसामलगायत पूर्वोत्तर भारत र भारतका अन्य भूभागमा बसोबास गरिरहेका छन् ।

    त्यसै क्रममा तत्कालीन काङ्ग्रेस आई नेतृत्वको केन्द्रीय सरकारले मार्च २४, १९७१ को मितिमा आसाममा रहेका नेपालीभाषीसमेतलाई भारतको नागरिक मान्ने निर्णय गरेको थियो । त्यस निर्णयका विरुद्ध अदालतमा उजुर हालिएपछि सर्वोच्च अदालतले २०१३ मा पनि सरकारको सोही निर्णयलाई सदर ग¥यो । सर्वोच्च अदालतको सो फैसलाअनुसार पनि मार्च २४, १९७१ स सम्म आसाममा रहेबसेको प्रमाण पेस गरे नेपालीभाषीसमेतलाई भारतीय नागरिकता प्रदान गर्नुपर्ने हुन्छ । तर अहिले पनि एन.आर.सी. को नाममा अनुमानित डेढ लाख नेपालीभाषीलाई भारतीय नागरिकताबाट वञ्चित गराइएको अवस्था छ । हालै भारत सरकारले अगस्त ३१, २०१९ का दिन घोषणा गरेको एन.आर.सी. सम्बन्धी रिपोर्ट अनुसार जुन १९ लाख ६ हजार ६५७ जनतालाई भारतीय नागरिकताबाट वञ्चित गरिएको छ, त्यसमध्ये अनुमानित डेढ लाखजति नेपालीभाषी रहेका छन् ।

    विगतमा आसामबाट १९७९ मा र मेघालयबाट १९८७ मा नेपालीभाषी नागकिरताकै बहानामा भगाइएको थियो । त्यसमध्ये कैयौँ शरणार्थीको रूपमा नेपालसमेत प्रवेश गरेका थिए । त्यस सिलसिलामा नेपालीभाषी भुटानी र बर्मेली शरणार्थीको समस्या जगजाहेर छ । यदि नेपाल सरकारले नेपालबाहिर रहेका नेपालीभाषीका नागरिकताप्रति समयमै उचित कदम नचाल्ने भने भविष्यमा भुटानी, बर्मेलीजस्तै नेपालमा शरणार्थीको समस्या झनै गम्भीर बन्ने प्रष्टै छ । त्यसकारण अहिले भारतमा देखा परेको एन.आर.सी. समस्यालाई समयमै कूटनीतिक पहलद्वारा समाधान गर्नुपर्ने आवश्यकता देखिन्छ ।

    अतः हामी भारतस्थित नेपालीहरूको प्रतिनिधि सङ्गठनको हैसियतले सम्माननीय परराष्ट्र मन्त्रालय मार्फत् नेपाल सरकारसमक्ष माग गर्दछौँ कि तत्कालै भारत सरकारसँग कूटनैतिक पहल गरी हाल एन.आर.सी. को नाममा भारतीय नागरिकताबाट वञ्चित गराइएका लाखौँ नेपालीभाषीको समस्या सम्बोधन गरियोस् ।’

    आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.