काठमाडौं । निर्माण सामग्री बिक्रीमा ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंमा २३ वटा डिपोका सञ्चालकहरु पक्राउ परेका छन् । सञ्चालकसँगै ३५ सवारी साधन र चालकलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
डिपो सञ्चालकहरुले सर्वसाधारणहरुलाई निर्माण सामाग्री (ईटा, गिट्टी, बालुवा, चिप्स, ढुंगा) ढुवानी गर्ने मिनि ट्रकहरुमा ५ ईन्च सम्मको फलामे र काठको बक्स बनाई राखी परिमाण कम गरी ठगी गरीरहेको भन्ने विशेष सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौंका विभिन्न क्षेत्रका डिपोहरुमा छापा मारेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा ग्राहकहरुलाई १०० क्यूफिट प्रति ढुवानी (ट्रिप) भनी बिक्रि गर्दा जम्मा ८२.६३ क्यूफिट मात्र ढुवानी गरेको पाईएकोले प्रति ढुवानीमा रु। १,६२०।– देखी रु २,२००।– सम्म ग्राहकहरुलाई नोक्सानी हुन पुगेको प्रहरीले जनाएको छ।
पक्राउ परेका डिपो सञ्चालकहरु यी हुन्
१ जय महालक्ष्मी सप्लायर्स, प्रकाश श्रेष्ठ
२ बज्र ईन्टर प्राईजेज सप्लायर्स, विरेन्द्र कुईकेल
३ शिवशक्ति सप्लायर्स, अर्जुन भुजेल
४ गरिमा सप्लायर्स, दिपेन्द्र केसी
५ कामना ईन्टर प्राईजेज, बद्री गिरी
६ जेबीएस सप्लायर्स, सुक बहादुर लामा (बाघे)
७ शुभकामना सप्लायर्स, सुरेन्द्र केसी
८ खाँडादेवी निर्माण सप्लायर्स, प्रकाश भण्डारी
९ सेतीदेवी सप्लायर्स, राजु थापा
१० पञ्चेश्वर सप्लायर्स, महेश्वर श्रेष्ठ
११ धनेश्वर सप्लायर्स, सन्तोष कुँवर
१२ श्री भुमी सप्लायर्स, श्याम बहादुर मगर
१३ नो नेम सप्लायर्स, पुष्कर थापा
१४ श्री काली भैरव सप्लायर्स, बुद्धीराज थापामगर
१५ कुण्डला सप्लायर्स, मदन प्रधान
१६ कालिका सप्लायर्स, तोप नारायण श्रेष्ठ
१७ आर्कष सप्लायर्स, अर्जुन श्रेष्ठ
१८ स्वयम्भु सप्लायर्स, कृष्णहरी नगरकोटी
१९ महालक्ष्मी सप्लायर्स, मनोहर श्रेष्ठ
२० भ्याली क्वालिटी सप्लायर्स, जोग बहादुर तामाङ (बिजय)
२१ गोरखाली सप्लायर्स, गोपाल भण्डारी
२२ विज्ञान सप्लायर्स, सिंह बहादुर तामाङ
२३ नव अरुण सप्लायर्स, रामकृष्ण श्रेष्ठ