काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा तनाव भएको छ । बुधबार दिनभरीको तनाव पछि साँझ नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान केह बेरमै स्थगित भएको छ ।
साँझ ८ बजेदेखि सुरु भएको मतदान केही बेरमै स्थगित भएपछि मतदाता पुनः आक्रोसित भएका छन् । उनीहरुले नारवाजी गर्नुका साथै सम्मेलन बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् ।
भोटिङ सिष्टममा गडबडि आएपछि निर्वाचन स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार एनआरएनएको निर्वाचन भोलि बिहान १० बजेबाट सुरु हुनेछ। संघको मंगलबारदेखि नवौँ अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् ।
केन्द्रीय समितिको ४२ जना पदाधिकारीको निर्वाचित हुनेछन्। ८१ मुलुकमा शाखा रहेको एनआरएनएको सम्मेलनमा करिब २५ सय प्रतिनिधि सहभागि छन् ।