वशन्त खड्का\सन्धिखर्क।।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सङ्गठनात्मक अभियान तीव्र पारेको छ । त्यस सिलसिलामा समिति गठन, पुनर्गठन, भेलाजस्ता गतिविधि अघि बढेका छन् ।
सन्धिखर्क–४ मा समिति पुनर्गठन
त्यसै क्रममा राष्ट्रिय जनमोर्चा सन्धिखर्क वडा नम्बर ४ को वडा भेला सम्पन्न भएको छ । माघ १७ गते सम्पन्न भेलाले वडा समिति पुनर्गठन गरेको छ ।
राष्ट्रिय जनमोर्चा सन्धिखर्क–४ का उपाध्यक्ष बुद्धिराम रेस्मीको अध्यक्षतामा सम्पन्न सो भेलाको प्रमुख अथितिमा राजमोका जिल्लाध्यक्ष थम्मन केसी हुनुहुन्थ्यो । सो अवसरमा राजमोका जिल्ला सचिव बाबुराम पन्थीको पनि आतिथ्यता रहेको थियो ।
भेलाले सङ्गगठनलाई सुदृढ बनाउने प्रणका वडा समिति गठन गरेको छ । समितिमा अध्यक्ष खिमराज भट्टराई, उपाध्यक्षमा बुद्धिराम रेस्मी, सचिवमा ज्ञानेन्द्र खनाल, कोषाध्यक्षमा पिताम्बर सुनार, सहसचिवमा खिमानन्द भट्टराई र सदस्यहरूमा गोकर्ण परियार, माया भुसाल, देवबहादुर रेस्मी, जशि नेपाली, छविलाल परियार र हुमाकान्त खनाल रहनुभएको छ ।
समितिको सल्लाहकारमा गङ्गाराम खनाल, सीता भट्टराई र कमल भुसाल रहनुभएको छ ।
विष्णु भुसालले सञ्चालन गर्नुभएको उक्त वडा भेलामा स्वागत मन्तव्य ज्ञानेन्द्र खनालले राख्नुभएको थियो ।
मालारानी–५ मा भेला
त्यस्तै राजमो मालारानी वडा नम्बर ५ को वडा भेला सम्पन्न भएको छ । राजमोको सङ्गठन सुधार अभियानअन्तर्गत माघ १७ गते सम्पन्न भएको भेलाको अध्यक्षता वीरबहादुर कँुवरले गर्नुभएको थियो ।
भेलाको प्रमुख अतिथिमा राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल तथा अतिथिहरूमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य कृष्ण केसी, अनेरास्ववियु (छैठौं) का उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल युवक सङ्घका जुद्धबहादुर कुँवर, अखिल नेपाल शिक्षक सङ्घका रामलाल भुसाल, अखिल नेपाल महिला सङ्घकी सीता भुसाल, अखिल नेपाल किसान महासङ्घका जिल्ला कोषाध्यक्ष तिलक भुसाल र पालिका समितिका सल्लाहकार गौरिप्रसाद आचार्य र वडाका तिलकबहादुर कँुवर हुनुहुन्थ्यो ।
सन्धिखर्क–१ मा भेला
राजमो सन्धिखर्क नगरपालिका–१ को वडा भेला सम्पन्न भएको छ । सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत माघ १७ गते सम्पन्न भएको भेलाको अध्यक्षता राजेन्द्र नेपालीले, स्वागत मन्तव्य मीना बिसीले र सञ्चालन राधा आचार्यले गर्नुभएको थियो ।
भेलाको प्रमुख अतिथिमा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य शेरबहादुर बिसी तथा अतिथिमा अखिल नेपाल महिला सङ्घकी जिल्ला सचिव कल्पना पोख्रेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसी, राजमोका जिल्ला सल्लाहकार सिद्धि भट्टराई, अखिल नेपाल किसान महासङ्घका जिल्लाध्यक्ष जीवनारायण खनाल र सन्धिखर्क नगरपालिकासमितिका कृष्ण खनाललगायत हुनुहुन्थ्यो ।
भेलाले टोल समिति गठन गर्ने तथा जिल्लास्तरको विरोधसभामा भब्य सहभागी गराउने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।
सन्धिखर्क–९ मा समिति
त्यसैगरी माघ १७ गते नै सन्धिखर्क ९ मा राजमोको भेला सम्पन्न भएको छ ।
दामोदरको अध्यक्षता तथा विशाल खड्काको सञ्चालनमा अघि बढेको सो भेलामा प्रमुख अतिथि राजमोका केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल हुनुहुन्थ्यो भने अन्य अतिथिमा राजमोका भीमलाल आचार्य हुनुहुन्थ्यो ।
भेलाले अमर कार्कीको अध्यक्षतामा वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विमल आचार्य, सचिवमा विशाल खड्कालगायत रहनुभएको छ ।
महिला संघको पनि समिति
सोही भेलाले लक्ष्मी अधिकारीको अध्यक्षतमा अखिल नेपाल महिला सङ्घको समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष देवकला राउत, सचिवमा तारा आचार्य, कोषाध्यक्षमा पवित्रा आचार्य, सल्लाहकारमा मीना पौडेललगायत रहनुभएको छ ।