दाङ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्ढीगढ नगर समितिअन्तर्गत महिला विभाग सदस्य विष्णा पान्डेको श्रद्धाञ्जली कार्यक्रम मृतककै घरमा राष्ट्रिय जनमोर्चा लमही नगर वडा नम्बर १ र ३ को संयुक्त आयोजनामा सम्पन्न भएको छ ।
Advertisement
मृतकका श्रीमान पदम पान्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्लाध्यक्ष गणेश आचार्यले प्रमुख आतिथ्यताबाट श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष बुद्धबहादुर जिसी, अखिल नेपाल किसान महासङ्ण्घ (अप्फा) का जिल्ला सदस्य विष्णुप्रसाद आचार्यलगायतले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रमको सहजीकरण खुमानन्द पौडेलले गर्नुभएको थियोे ।