काठमाडौँ । राष्ट्रिय जनमोर्चा नवलपरासीका नेता तिलकप्रसाद सुवेदीका पिता शालिकराम सुवेदीको काठमाडौँको टिचिङ अस्पतालमा उपचार हुँदै छ ।
Advertisement
खुट्टाको काखीको नसा फुटेर समस्या उत्पन्न भएपछि उहाँको अप्रेसन हुन थालेको हो ।
गत पुस २९ गते टिचिङ अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभएका शालिकराम सुवेदीको यतिखेर मनमोहन कार्डियोलोजीमा उपचार भइरहेको छ ।
नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १२ निवासी शालिकरामको अप्रेसन डा. गजेन्द्र श्रेष्ठ, र दिनेश गुरुङ नेतृत्वको टोलीले गर्ने भएको तिलकप्रसाद सुवेदीले बताउनुभयो ।
अहिले उहाँका खुट्टाहरू सुन्निएका छन् ।