काठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता सागर केसीकी ६२ वर्षीया पत्नी तुलसा केसीको टिचिङ अस्पतालमा उपचार हुँदै छ ।
Advertisement
मुटु र मृगौलाको समस्याका साथै मधुमेह (डाइबिटिज) द्वारा पीडित तुलसा केसी गत माघ १ गते टिचिङ अस्पतालमा भर्ना हुनुभएको हो ।
राजमो नेता सागर केसीका अनुसार उहाँलाई अहिले डा. महेश सिग्देलको निर्देशनमा टिचिङको नेफ्रो विभाग क्याबिन बेड नं. ३०७ बी मा भनाए गरेर उपचार भइरहेको छ ।
यसअघि स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ६ गते उहाँ लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको थियो । पुस २१ गदेदेखि आठ दिनसम्म आइसोलेसन वार्डमा भर्ना भएर उपचार गरे पनि केसीपत्नी तुलसाको उपचारमा प्रगति नभएपछि काठमाडौँ ल्याइएको सागर केसीले बताउनुभयो ।

