काठमाडौँ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री अस्पताल भर्ना हुनुभएको छ ।
Advertisement
ज्वरो र स्वाश्प्रश्वासमा समस्या देखिएपछि उहाँ २०७७ पुस २८ गते प्युठानबाट आएर राजधानीस्थित ह्याम्स अस्पतालमा भर्ना हुनुभएको हो ।
उहाँलाई निमोनियाको समस्या पनि देखिएको अस्पतालले जानकारी दिएको छ । राजमो नेता खत्री गत केही वर्षदेखि सुगर र ब्लडप्रेसरको समस्याद्वारा समेत पीडित हुनुहुन्छ ।